प्रधानमन्त्रीका लागि देउवाद्वारा सभापतिसंग अनुनय

३१ भाद्र २०६९, आईतवार ११:३४ मा प्रकाशित

काठमाडौं, ३१ भदौ । प्रधानमन्त्री बाबुराम भट्टराईले सरकार छोडे भने एक घण्टाभित्रै प्रधानमन्त्रीको उम्मेदवार तय गर्ने दाबी गरिए पनि नेपाली कांग्रेसभित्र प्रधानमन्त्रीको उम्मेदवारीलाई लिएर तिब्र बखेडा हुने अवस्था झन् झन् बढेको अनुभूति गरिएको छ । पार्टी सभापति सुशील कोइरालालाई लामो समयको अन्तरालमा भेट गरी कांग्रेसका वरिष्ठ नेता शेरबहादूर देउवाले ‘प्रधानमन्त्री बन्न आफूलाई सघाउन’ अनुरोध गरेबाट यस्तो आशंका बढाएको हो ।
कोइरालानिकट सुत्रका अनुसार कांग्रेस सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाबीच महाराजगन्जस्थित केन्द्रीय सदस्य सशांक कोइरालाको निवासमा एक घण्टा गोप्य भेटघाट भएको छ । भेटमा दुई नेताबीच राजनीतिक संकट निकासका उपायबारे छलफल भएको भनिए पनि मूलतः प्रधानमन्त्रीको उम्मेदवारीका विषयमा नै वार्ता केन्द्रित रहेको स्रोतले जनायो ।
त्यस अवसरमा देउवाले कोइरालासँग आफूलाई प्रधानमन्त्री बनाउन सहयोग मागेका र कोइरालालेचाहिं रामचन्द्र पौडेललाइृ कसरी मनाउन सकिएला भनी चिन्ता प्रकट गरेका स्रोतको दाबी छ । बताइएअनुसार कोइरालाले आफू प्रधानमन्त्री दाबी छाड्न तयार भए पनि लामो संघर्ष गरेका उपसभापति रामचन्द्र पौडेललाई कसरी मनाउने भन्नेबारे देउवासँग छलफल गरेका थिए। देउवाले त्यसको कुनै उपाय सभापतिलाई सुझाउनुको साटो प्रधानमन्त्रीको उम्मेदवार आफैलाई बनाइनुपर्ने भन्दै एकोहोरो ढिपी गरेका थिए । प्रधानमन्त्री बन्न नपाए आफूले कार्यबाहक सभापतिको पद पाउनु पर्ने तर त्यस अवस्थामा पनि रामचन्द्र पौडेल नभई कोइराला प्रधानमन्त्री बन्नुपर्ने शर्त देउवाले तेस्र्याएका थिए । यसरी देउवा र सभापति कोइरालाबीच भेटघाट हुने जानकारी पहिले नै रामचन्द्र पौडेललाई भएको तर उनले थाहा नपाएजस्तो गरिदिएको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा