प्रहरीसंगको झडपमा रक्तचन्दन तस्करको मृत्यु

३१ भाद्र २०६९, आईतवार ११:१२ मा प्रकाशित

काठमाडौं, ३१ भदौ । एक समय निकै मौलाएको रक्त चन्दन चीनतर्फ तस्करीको धन्दा थप गुपचुप किसिमबाट जारी रहेको पुष्टि भएको छ । सिन्धुपाल्चोकको फूल्पिङकट्टी गाविसको स्यालाङकट्टीस्थित तिब्बती सीमा नाकामा आइतबार बिहानै रक्तचन्दन तस्कर समूह र प्रहरीबीच झडप हुँदा एक भरियाको मृत्यु भएपछि यसको पुष्टि भएको हो ।
रक्तचन्दन बोकेर खासा लैजादै गरेका भरियासहितका तस्कर र प्रहरीबीच रातीको दुई बजेतिर दोहोरो भिडन्तमा भरिया हगाम ५ का विवेक श्रेष्ठको मृत्यु भएको बताइएको छ। प्रहरीको गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको थियो। भरिया र तस्कर समूहका सदस्यसहित करिब ५० जनाको समूहले भाला र खुकुरी देखाउँदै ढुंगामुढा गरेपछि प्रहरीले प्रतिकारमा ९ राउण्ड हवाइ फायर गरेको प्रहरीले जनाएको छ ।
फूल्पिङकट्टीको नारायणस्थानको जंगलमा चन्दन स्टोर गरेको थाहा पाएपछि प्रहरीले शुक्रबार रातिदेखि नै उक्त स्थान घेरा हालेर सर्च गरेको थियो। सो क्रममा शनिबार रक्तचन्दन लोड गरिरहेका बा२ख ८८६७ नम्बरको फोरह्विल गाडीसहित ६ मुढा चन्दन बरामद भएको थियो। अनुमानअनुरुप चन्दन नभेटेपछि प्रहरीले शनिबार रातिदेखि पुनः सर्च गर्दै अघि बढ्ने क्रममा स्यालाङकट्टीमा तस्कर प्रहरी जम्काभेट भयो। त्यसपछि प्रहरीमाथि तस्कर समूह खनिउपछि उक्त घटना घटेको हो ।
प्रहरीले चलाएको गोलीले भरिया विवेक भुँईमा ढलेपछि चन्दन फालेर भरिया र तस्करको भागाभाग भएको प्रहरीको भनाई छ।
भाग्न नसकेका दुई जना तस्करका सहयोगी पक्राउ परेका छन्। पक्राउ पर्नेमा फूल्पिङकट्टी १ का बिर्खबहादुर श्रेष्ठ र फूल्पिङकोटकै प्रताप तामाङ छन्। सोही गाविसकै गणेश खड्का र सञ्जोग भण्डारीसमेत पक्राउ परेका छन्। तस्करले छोडेर भागेका करिव १ हजार ५ सय केजी बराबरको ७१ मुढा रक्तचन्दन प्रहरीले बरामद गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

रोल्पा । रोल्पा जिल्लामा नेपाली कांग्रेसले १० वटा नगरपालिका र गाउँपालिकामा अधिवेशन सर्वसम्मत चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनमा

काठमाडौैँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदका लागि कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । आइतबार उम्मेदवारी घोषणा गर्दै

काठमाडौं। हरेक वर्ष २६ सेप्टेम्बरका दिन अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघको महासभाले डिसेम्बर २०१३ मा २६

काठमाडौ ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले विभिन्न जिल्लामा पालिका तहको अधिवेशन जारी छ । शनिबारदेखि ५४ जिल्लामा पालिका तहको अधिवेशन