फोरम लोकतान्त्रिक प्रकासलाई दुई करोड दिने निर्णयको विपक्षमा

५ चैत्र २०६८, आईतवार १३:३९ मा प्रकाशित

काठमाडौ, ५ चैत । सत्ता साझेदार मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकासले नेतृत्व गरेको लुम्बििनी–सगरमाथा शान्ति अभियानलाई दुई करोड दिने निर्णइ फिर्ता लिने निर्णय गरेको छ ।
सो पार्टीको आज बसेको संसदीय दलको बैठकले प्रचण्डका छोरा प्रकाश दाहालसहितको टोलीलाई दुई करोड रुपैया सहयोग गर्ने मन्त्री परिषदको निर्णय फिर्ता लिने निर्णय गरेको नेता शरदसिह भण्डारीले जानकारी दिए । सरकारी निर्णयको चौतर्फी आलोचना र सडकबाट विरोध मधेसी सहितका यूवा विद्यार्थी संगठनले सुरु गरेपछि सो दलले निर्णय फिर्ता लिने निर्णय गरेको हो । गत शुक्रवार  बसेको मन्त्रीपरिषदको बैठकलले सो निर्णय गरेको थियो ।
बैठकमा अध्यक्ष गच्छदारले एक्लै मोर्चाको संयोजक, संसदीय दलको नेता, पार्टी अध्यक्ष, उपप्रधानमन्त्री तथा गृहमन्त्री सहित एक्लैले ६ वटा पद ओगटेको भन्दै आलोचना समेत भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई