सशस्त्र प्रहरीलाई सम्मान–सलामी अर्पण, मृत्यु हुनेको संख्या १०

३० भाद्र २०६९, शनिबार २२:५९ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, ३० भदौ । शुक्रबार सवारी दुर्घटनामा परी मृत्युवरण गरेका सशस्त्र प्रहरीलाई समान्न सलामी अर्पण गरी शनिवार आफन्तको जिम्मा लगाईएको छ । संशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त समान टुकडीले कपिलवस्तुको सदरमुकाम तौलिहवामा दुईजनाको र वुटवलमा पाचजना मृतकहरुको शवमाथि अन्तिम सलामी गरेका थिए ।
वरिष्ठ हल्दार हस्तवहादुर वि.क र सशस्त्रप्रहरी जवान गोविन्द खत्रीको तौलिहवाका सुरक्षाकर्मीले र प्रहरी जवानहरु शिव चौधरी, अंक चौधरी, खगेद्र खडका, दीपक बुढा, हस्त थारु, हेमन्त थारुको शवलाई बुटवलका सुरक्षाकर्मीहरुले समान सलामी अर्पण गरेका हुन । यसैविच काठमाण्डौंमा उपचारकोक्रममा आईतवार विहान दैलख ठेगाना भएका दुर्गा वस्नेतको मृत्यु भएको सिमा सुरक्षा कार्यालयका संशस्त्रप्रहरी उपरीक्षक गुनाखर खनालले जानकारी दिनुभयो । प्रहरीले दिएको पछिलो जानकारी अनुसार संशस्त्रप्रहरीका नौजना र एक वसचालक दाङ लालमटियाका चुडामण्डी पोख्रेलको गरी मृत्यु हुनेको संख्या १० जना पुगेको छ ।
प्रहरीले मृतकहरुको लास पोष्ट मार्टम पस्चात काठको वाक्समा राखेर मृतकका परिवारलाई अन्तिम दाहसंस्कार एवं श्रद्धाञ्जलीकोलागि जिम्मा दिएको छ ।
सशस्त्र प्रहरी सिमा सुरक्षा गण कपिलवस्तु तौलिहवामा कार्यरत सुरक्षाकर्मीहरु विन्दवासीनी गण चन्द्रौटामा फायरिङ तालिमको लागि जादैंगरेको सशंस्त्र प्रहरी चढेको ना १ ग ५८७ नम्वरको ट्रक र लु १ ख ३५१९ नम्वरको यात्रुबहाकवस शुक्रवार आपसमा ठोकीएर दुर्घटना भएको थियो । घाईते १८ जना सवै संस्त्रप्रहरी र ७ जना यात्रुको घाईतेको अवस्था अनुसार काठमाण्डौंको शिक्षण अस्पताल, नीजामति अस्पताल, विरअस्पताल र प्रहरी अस्पतालमा उपचार भईरहेको छ । अन्य ११ जनाको लुम्विनी अंचल अस्पतालमा, नौजनाको विन्दवासीनी अस्पताल चन्द्रौटामा ४ जनाको युनिभर्सल शिक्षण अस्पताल भैरहवामा उपचार भईरहेको छ । दुर्घटनाग्रस्त उक्त बसभित्र २५ जना यात्रु र ट्रकमा २७ जना संशस्त्रप्रहरी रहेका थिए ।
उक्त दुर्घटनाको विषयमा जिल्ला सुरक्षा समिती र संशस्त्रप्रहरी प्रधानकार्यालयले छुटा छुटै रुपमा छानविन एवं अनुसन्धान टोली गठन गरिने कुरा भईरहेको सशस्त्रप्रहरी उपरीक्षक खनालले जानकारी दिनुभयो । ‘अहिले घाईतेहरुको उपचार र मृतकहरुलाई परिवारको जिम्मा लगाउने काममा व्यस्त छौं, यो दुःखद घटनाको एकदुईदिनभित्रै हामीले यहाबाट पनि छानविन अनुसन्धान थाल्छौं ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं- प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर