यातायात ब्यवसायलाई उधोगसरह मान्यता दिन माग

३० भाद्र २०६९, शनिबार २२:५० मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, ३० भदौ । यातायात ब्यवसायलाई उद्योगसरह मान्यता दिनुपर्ने माग यातायत ब्यवसायीहरुले माग गरेका छन् । सिद्धार्थ यातायात ब्यवसायी समिति रुपन्देहीको शनिवार भैरहवामा सम्पन्न २४औ वार्षिक साधारणसभाका सहभागी ब्यवसायीहरुले अर्बौं लगानी रहेको यातायात ब्यवसायलाई सरकारले वास्ता नगर्दा ब्यवसायमा अनेक चुनौती आइपरेको बताए ।
उद्योगका नाममा सरकारले सामान्य लगानीलाए पनि संरक्षण गर्ने नीति लिए पनि यातायात ब्यवसायीले भने महंगो बैक ब्याजदर तिर्नुपर्ने बाध्यता रहेको उनीहरुले बताए । ब्यवसायीले २० वर्षे पुराना गाडी बिस्थापन गर्न चाहे पनि सरकारले सो योजना ल्याउन ढिलाइ गर्दा स्तरिय सेवामा समस्या परेको बताउदै उनीहरुले पुराना गाडी बिस्थापन गर्दा भन्सार छुट अनिवार्य रुपमा गरिनुपर्नेमा जोड दिए ।
सो अवसरमा सिद्धार्थ यातायात ब्यवसायी समिति रुपन्देहीका अध्यक्ष दिपकराज शर्माले बारम्वार पेटोलियम पदार्थको मुल्य बढे पनि सरकारले बैज्ञानिक भाडादर लागु नगर्दा ब्यवसायी मर्कामा परेको बताए । उनले देश बिकासमा यातायात ब्यवसायीहरुको ठुलो योगदान रहेको बताउदै बन्द–हडताल, तोडफोडबाट ब्यवसायीले नोक्सान ब्यहोर्नु परेकोले सरकारले त्यसबाट हुने क्षतिको उचित ब्यवस्था गर्नुपर्नेमा जोड दिए । अर्का ब्यवसायी निधानचन्द्र श्रेष्ठले पर्यटन ब्यवसाय र यातायात ब्यवसाय बिचको प्रत्यक्ष सम्बन्ध रहेकाले लुम्बिनीको पर्यटन बिकासमा समितिको ठुलो योगदान रहने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो चौबीस घण्टामा थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १०

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्याकारी निर्देशकमा कुलमान घिसिङलाई फेरि ल्याउने तयारी गरेको छ । पछिल्लो समय विद्युत आपुर्तिमा

काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई

काठमाडौँ । पछिल्लो समय राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गर्न आउने बिरामी बढेका छन् । दुई महिनाअघि यस अस्पतालको बहिरङ्ग सेवामा