सरकार सहमतिमा नआए सडकबाटै ढालिने : नेका प्रवक्ता

३० भाद्र २०६९, शनिबार २२:४३ मा प्रकाशित

धादिङ , ३० भदौ । नेपाली कांग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडुले राष्ट्रिय सहमतिको सरकार गठनभए कांग्रेस संविधान सभाको पुनस्थापना वा नयाँ संविधानसभाको निर्वाचनका विषयमा खुला रहेको बताएका छन् । राष्ट्रपति समक्ष कांग्रेस पहिला सहमतिको सरकार गठन हुनुपरयो, त्यसपछि पुनःस्थापना वा नयाँ निर्वाचनका लागि हामी खुल्ला रुपमा छलफल गर्न तयार रहेको प्रस्ताव लिएर जान्छौ, उनले भने ।
नेपाल शिक्षक संघ क्षेत्र नं ३ शनिबार धादिङको मलेखुमा आयोजना गरेको अन्तर्क्रियामा भाग लिन पुगेका प्रवक्ता बडुले देशमा संवैधानिक संकट पैदा गरेर एकिकृत माओवादी गठवन्धन सरकारले सर्वसत्तावाद लाद्न खोज्दा देशमा थप संकट उत्पन्न भएको बताए। दलहरुबीच जेठ २ गते भएको सहमतिलाई आधार मानेर बाँकी विषयमा सहमति गर्न कांग्रेस तयार रहेको स्पष्ट पार्दै बडुले देशमा उत्पन्न संकटलाई सुरक्षित अवतरणका लागि कांग्रेसको अग्रसरतामा छिट्टै सहमति हुने दाबी गरे।
सहमतिका लागि कांग्रेसले अग्रसरता लिगेको दाबी गर्दै सबैलाई एकै स्थानमा ल्याउने प्रयास भइरहेको उनले बताए। सहमतिबाट माओवादीले सत्ता छाड्न तयार नभए सडकबाट सरकारलाई अपदस्थ गरिने प्रवक्ता बडुको कथन थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस