
काठमाडौं, ३० भदौ । हरितालिका (तीज)को दिन आगामी मंगलबार पशुपति क्षेत्रमा ६ हजार प्रहरी परिचालन गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषले पत्रकार सम्मेलनको आयोजना गरी सो क्षेत्रमा ६ हजार प्रहरी र ३ हजार ५ सय स्वयमसेवक परिचालन गर्न लागिएको जानकारी दिइएको हो ।
विशेषगरी वृद्धा, अपांगहरुलाई स्वयमसेवकको सहयोगमा पशुपतिनाथको दर्शन गराउने व्यवस्था गरिएको कोषले जनाएको छ । दर्शनको व्यवस्था मिलाउन ५१ सदस्यीय मूल आयोजक समिति र विभिन्न सातवटा उपसमितिहरु पनि गठन गरिएका छन् ।
लाइनमा बस्न नभ्याउनेहरुले एकहजार रुपैयांमा टिकट खरिद गरेर पशुपतिनाथको दर्शन गर्न सक्ने व्यवस्था गरिएकोसमेत बताइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या
काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक
नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने
काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर