कांग्रेस–एमालेले सरकारको राजीनामालाई नै पहिलो सर्त बनाउने

३० भाद्र २०६९, शनिबार २२:२२ मा प्रकाशित

काठमाडौं, ३० भदौ । प्रतिपक्षी दल नेपाली कांग्रेस र एमालेले राष्ट्रिय सहमतिको सरकार निर्माण नभएसम्म संविधानका विवादित विषयका बारे सहमति खोज्ने प्रक्रिया नहुने स्पष्ट पारेका छन् । महाराजगञ्जस्थित नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निवासमा शनिबार सांझ बसेको बैठकले बाबुराम भट्टराई नेतृत्वको सरकार सहमतिको बाधक भएको निश्कर्ष निकाल्दै सरकारको राजीनामालाई पहिलो सर्त बनाउने निर्णय उनीहरुले गरेका हुन् ।
बैठकपछि एमाले उपाध्यक्ष बामदेव गौतमले संविधानसभा ब्युंताएर संविधान जारी गर्ने या ताजा जनादेशमा जाने भन्नका लागि पनि सहमति आवश्यक पर्ने भएकोले पहिले राष्ट्रिय सहमतिको सरकार निर्माणमा जोड दिएको बताए । राष्ट्रिय सहमतिको सरकारले बाबुराम भट्टराईको सरकारलाई बिस्थापित गरेपछि मात्र सहमतिको पहल थालिने उनको भनाई थियो । एकीकृत माओवादीसंग आइतबार सोही मुद्दामा छलफल गरिने जानकारी गौतमले दिए ।
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले दुबै विकल्पमा छलफल गर्न सकिने भए पनि विश्वासको वातावरण बनाउन पहिले राष्ट्रिय सहमतिको सरकार निकर्माण हुनुपर्नेमा जोड दिए । सरकारको नेतृत्वबारे यसअघि नै प्रमुख दलहरुबीत सकमति भईसकेकाले त्यसबारे विवाद नरहेको देउवाको भनाई थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भ्रष्टाचार गरेको आरोपमा निलम्बित सहसचिव चुडामणि शर्मा विशेष अदालतमा उपस्थित भएका छन् । कर फर्छ्यौट आयोगका सदस्य सचिव

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा दिनदिनै नाराबाजी गरेर निहुँ खोज्न थालेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘एक्सन’ थालेका छन्

न्यूयोर्क । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाली समय अनुसार आज मध्यरातमा राष्ट्रसंघीय महासभामा सम्बोधन गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका