प्रधानमन्त्रीलाई कालोझण्डा, माओवादी र कांग्रेस–एमाले कार्यकर्ताबीच झडप

३० भाद्र २०६९, शनिबार २२:१९ मा प्रकाशित

काठमाडौं, ३० भदौ । प्रधानमन्त्री बाबुराम भट्टराईले राजनीतिक संकट समाधानका लागि संविधानसभा पुनःस्थापना वा नयां निर्वाचनको विकल्पमा जान सकिने बताउनुभएको छ । संविधानसभाको विघटनपछि नयां निर्वाचनको पक्षमा उभिनुभएका प्रधानमन्त्रीले पहिलोपटक पुनःस्थापनाको विकल्पबारे सार्वजनिक धारणा राख्नुभएको हो । नेपालगञ्जमा शनिबार संचारकर्मीहरुसंग कुरा गर्दै उहांले दलहरुको सहमतिमा जटिलताको अन्त्य गर्नुपर्ने बताउनुभयो ।
अर्को एक प्रसंगमा उहांले मन्त्रीपरिषदबाट पठाइएका अध्यादेशहरु अत्यावश्यक भएकाले राष्ट्रपतिले स्वीकृत गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । सत्य निरुपण तथा बेपत्तासम्बन्धी आयोग गठनका लागि सहमतिमै अध्यादेश ल्याएको दाबी गर्दै प्रधानमन्त्रीले विरोध गर्नुको औचित्य नभएको प्रधानमन्त्रीको तर्क थियो ।
यसैबीच दलित बस्तीमा बास बस्न जुम्ला पुगेका प्रधानमन्त्री बाबुराम भट्टराईको स्वागतका लागि पुगेका माओवादीका कार्यकर्ता र विरोधमा कालोझण्डा प्रदर्शन गर्न गएका एमाले–कांग्रेसका कार्यकर्ताहरुबीच शनिबार सांझ झडप भएको छ । प्रधानमन्त्री बिमानस्थलमा उत्रिएलगत्तै कांग्रेस–एमालेका कार्यकर्ताले कालोझण्डा प्रदर्शन गर्दा माओवादी कार्यकर्ताले ढुंगामुढा गरेपछि झडप भएको हो । झडपमा स्थानीय ६ जना सर्वसाधारण घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

दक्षिण पश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रको उच्च उचाई भएका स्थानहरूबाट नाग्कु शहरमा कूल १७ हजार ५५५ व्यक्तिलाई टाढा सारिने तिब्बती

गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विचाराधिन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताउनुभएको छ । विधेयक अघि

काठमाडौं । नेपालले अमेरिकालाई अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ । गृहमन्त्री वालकृष्ण खाँणका अनुसार एसपीपीमा

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट समाजवाद सम्भव नुहने बताएका छन् । सोमबार नरबहादुर कर्मचार्य

आजको प्रमुख समाचार