प्रहरी नै डकैतीमा सक्रिय भएपछि…

३० भाद्र २०६९, शनिबार २२:१७ मा प्रकाशित

विराटनगर, ३० भदौ । मोरङ जिल्लामा शृङ्खलाबद्धरुपमा भएको चोरीडकैती र लुटपाटमा प्रहरीको संलग्नता देखिएको र शान्ति सुरक्षामा समस्या देखिएपछि पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरले मोरङ जिल्लामा कार्यरत सत्तरी प्रहरीलाई कारबाही गरेको छ। पूर्वाञ्चल क्षेत्रीय प्रमुख प्रहरी नायब महानिरीक्षक सुरेन्द्रबहादुर शाहको आदेशमा कारबाही गरिएको हो। कारबाहीस्वरुप अधिकांशको सरुवा गरिएको छ भने कतिपयमाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय सुत्रले जनाएको छ ।
अधिकांश प्रहरी एकैठाउँमा लामो समयसम्म रही चोरी डकैतीमा सहयोग गरेको र सुराकी दिएको अनुसन्धानमा देखिएपछि जिल्ला प्रहरी कार्यालय सिआरभीसहित प्रहरीलाई कारबाही गरिएको हो। दुई हप्ताअघि विराटनगरका पेट्रोलियम व्यवसायी हृतेन्द्र अग्रवाल र प्रतिष्ठित रिजाल परिवारको घरमा तीन दिनभित्र रु ३० लाखभन्दा बढीको डकैतीमा सिआरभी प्रहरीको नेतृत्वमा डकैती भएपछि कारबाही प्रहरीभित्रै अनुसन्धान र कारबाही प्रक्रिया सुरु गर्नुपरेको बुझिएको छ । उक्त डकैती प्रकरणमा सिआरभी प्रहरी जवान गौतम माझीको नेतृत्वमा डकैती भएको थियो। रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस