त्रिशूली वाङ्मय प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

२४ श्रावण २०७८, आईतवार १८:३० मा प्रकाशित

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि आरएम डङ्गोलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

प्रतिष्ठानका उपाध्यक्षमा राजेन्द्रमान डङ्गोल, महासचिवमा श्यामराज पाठक, सचिवमा राजेन्द्र घिमिरे सागर र कोषाध्यक्षमा लक्ष्मी रूम्बा सर्वसम्मत चयन हुनुभएको छ ।

शनिबार भएको सभाले सदस्यमा कृष्णकिसु न्यौपाने, पुरू लम्साल, सन्तोषी अधिकारी, भैरवी भूगोल, वैरागी जेठा, उत्तमविचार भेटुवाल, पुरू विमल, जया ओझा, प्रभाती किरण र जीतेन्द्रसिंह ठकुरीलाई चुनेको छ ।

विसं २०६६ मा स्थापित सो संस्थाले शारदीय कविगोष्ठी, साहित्यिक पर्यटन यात्रा आयोजना गर्नाका साथै ‘त्रिशूली त्रिवेणी’ साहित्यिक पत्रिकालगायत कृति प्रकाशन गर्दै आइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।अन्ततः एमाले अध्यक्ष केपी ओलीले पार्टीका मै हुँ भन्ने सबै नेतालाई पूर्वमाओवादी नेता रामबहादुर थापा बादलको अन्डरमा रहने गरी

काठमाडौं । विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालनमा आउने भएको छ । बाढी पसेर बन्द भएको विमानस्थल दुई दिनसम्म उपकरणहरुको परीक्षणपश्चात विमानस्थल

काठमाडौं । पहिरोका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको पानी पुनःकाठमाडौँ उपत्यकामा कहिले आउँछ भन्नेमा अन्योल कायमै छ । राष्ट्रिय

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि ब्राजिल, इटाली, माल्टा र दक्षिणअफ्रिकाका नवनियुक्त राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्