देहरादूनमा पहिरोबाट सुतिरहेका २९ को मृत्यु

३० भाद्र २०६९, शनिबार १०:४४ मा प्रकाशित

एजेन्सी, काठमाडौं, ३० भदौ । मेघ गर्जनसहित परेको पानी र त्यसले ल्याएको पहिरोमा परी भारत देहरादूनमा ३३ जनाको मृत्यु भएको छ भने ३५ भन्दा धेरै हराइरहेका छन्। रुद्रप्रयाग जिल्लाको उक्हिमत क्षेत्रम पहिरो जाँदा सुतिरहेका २९ मानिस एकै चिहान भएका हुन्। ३५ वेपत्ता भएका र १५ को उपचार भइरहेको बताइएको छ। ४ जनाको भने चट्याङ पर्दा मृत्यु भएको थियो ।
२९ शव पाइएको छ र अहिलेसम्म ३५ जना हराइरहेका त्यहांका प्राकृतिक प्रकोप विभागका कार्यकारी निर्देशक पियुस रुतलेले भने। उनका अनुसार पहिरोले चुन्नी, मंगोली, किमाना, सनसरीलगायत गाउँमा धेरै प्रभाव परेको छ। घटनास्थलमा १ सय २० सेना परिचालित गरिएको छ। उद्दारका लागि एउटा हेलिकप्ट स्ट्यान्डबाइ राखिएको छ। पहिरोले विद्युत र संचार सेवा अवरुद्ध भएका छन्। राष्ट्रिय राजमार्गसमेत प्रभावित भएको छ। ऋषिकेश बद्रीनाथ र ऋषिकेश ( गंगोत्तरी हाइवेसमेत बन्द गरिएको छ। बाढी र पहिरोका कारण यी मार्ग बन्द गरिएका हुन्। उत्तराखण्ड सरकारले राहतका लागि तत्काल १० करोड रुपियाँ विनियोजन गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो