प्रचण्डपुत्रलाई घर छिर्ने हतारो

३० भाद्र २०६९, शनिबार १०:३७ मा प्रकाशित

काठमाडौं, ३० भदौ । घरमा काखेछोरो सहितकी पत्नीलाई अलपत्र छोडेर तेस्रो विवाह गरी फरार भएका प्रचण्डपुत्र प्रकाशलाई राजधानी फिर्ने हतारो देखिएको उनका मित्रमण्डलीबाट बुझिएको छ । बिना मगरलाई लिएर ‘लापत्ता’ बनेका प्रकाश आजकाल विभिन्न पश्चात्तापयुक्त स्ट्याटससाथ फेसबुकमा प्रकट भइरहेका छन्। अधिकांश स्ट्याटसमा उनले आफ्नो बदनामीलाई लिएर पिता प्रचण्डप्रति टीकाटिप्पणी गरिएकोप्रति गुनासो गरेका छन्। उनले लेखेका छन्, ‘यो सब बाध्यताले भएको हो। मेरो विषयलाई सिएमसित जोड्नु आपत्तिपूर्ण छ।’ प्रकाशले आफूमाथि लगाएको अनुशासन कारबाही फुकुवा भएपछि फेरि राजनीतिमा फर्किने बताउँदै साथीहरूको सुझावको प्रतीक्षा गरिरहेको बताएका छन्।
अध्यक्ष प्रचण्ड भने सहयोगीको अभाव खड्किएकाले महाधिवेशनअगावै अनुशासन कारबाही फुकुवा गरेर प्रकाशलाई फर्काउने पक्षमा देखिएका बताइन्छ। प्रकाशले आफू भारतको राजधानी नयाँ दिल्लीमा रहेको बताए पनि उनका निकटस्थहरू प्रकाश भक्तपुरस्थित एक फ्ल्याटमा बस्दै आएको बताउँछन्। सुनिएअनुसार प्रकाशकी आमा सीता दाहालले बेलाबखत प्रकाशलाई भेट्न जाने गरेकी छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।चितवनमा कोरोना सङ्क्रमणको ग्राफ ओरालो लाग्दै गएको भए पनि जोखिम भने कायमै रहेको छ । चितवनमा सक्रिय कोरोना संक्रमितको

काठमाडौं । नेपालको परराष्ट्रमन्त्रीमा डा नारायण खड्का नियुक्त हुनुभएकामा भारतका बाह्य मामिलामन्त्री एस जयशङ्करले उनीप्रति बधाई ज्ञापन गरेका छन् ।

काठमाडौँ । दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठकले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने सहमति भएको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको