अमेरिकी दूतावासहरूमा सुरक्षा कडा

३० भाद्र २०६९, शनिबार १०:२७ मा प्रकाशित

एजेन्सी, काठमाडौं, ३० भदौ । वासिङ्टन इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदमाथि निर्मित विवादित फिल्म ‘इनोसेन्स अफ मुस्लिम्स’लाई लिएर अरब जगतमा जारी विरोधबीच अमेरिकी दूतावासको सुरक्षा कडा पारिएको छ । प्रदर्शनकारीले सुडानको राजधानी खार्तुमस्थित जर्मन र बेलायती दूतावासमा आगजनी गरेका छन् । उनीहरूले जर्मनी झन्डा च्याती त्यसको ठाउँमा इस्लामिक झन्डा फहराएका छन् । लेबनानको त्रिपोली सहरमा एक प्रदर्शनकारी मारिएका छन् । सुडानमा अमेरिकी दूतावासको पर्खाल भत्काइएको छ भने ट्युनिसियाको दूतावासलाई आगो र धुवाँले ढाकेको छ ।
यता अमेरिकाले यमन राजधानी सानामा नौसेना पठाएको छ । लिबियाको उत्तरी सहर बेंघाजीस्थित अमेरिकी महावाणिज्य दूतावासको सुरक्षा अझै कडा पारिएको छैन । त्यसैगरी, ट्युनिसियाको एक अमेरिकी स्कुलमा आक्रमण भएको छ । उक्त फिल्मले अझैं ध्यान तानिरहेको हुनाले हिंसाको जोखिम कायम रहेको चेतावनी एफबीआई र अमेरिकी होमल्यान्ड सेक्युरिटीले दिएको छ । मस्जिदमा शुक्रबार प्रार्थना हुने भएकाले हिंसा बढ्ने सम्भावना व्यक्त गरिएको छ । इजिप्टको राजधानी कायरोमा चौथो दिन प्रदर्शनकारी र प्रहरीबीच झडप जारी छ । त्यहाँ अमेरिकी दूतावासवरिपरिको सडक बन्द गरिएको छ । त्यहाँ पाँचजना घाइते भएका छन् । यमनको राजधानी सानामा पनि भिडन्त जारी छ । केही समूहले शान्तिपूर्ण र्‍यालीको पनि आह्वान गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव वान कि(मूनले यो फिल्म र हिंसा दुवैको भत्सर्ना गरेका छन् । लिबियामा पक्राउ र सोधपुछ जारी छ । त्यहाँको प्रदर्शनमा मंगलबार राजदूत सहित चारजनाको हत्या भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजकुमार फिलिपको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत राजकुमार