नेपाल पक्षको केन्द्रीय समिति बैठक आज पनि बस्दै

२२ श्रावण २०७८, शुक्रबार ०९:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय समिति वैठक आज पनि बस्दैछ । राजधानीमा हिजोदेखि शुरु भएको वैठकले संस्थापनसंगको एकता प्रक्रिया जाने वा अगल बाटो तय गर्ने भन्ने विषयमा आधिकारिक निर्णय लिने छ ।

हिजोको वैठकमा वरिष्ठ नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म गरेका गल्ती स्वीकारेर आत्मआलोचना गरे मात्र पार्टी एकता हुने बताउनुभएको थियो ।

आफूहरु धेरै अघि बढिसकेको भन्दै उहाँले ओली सच्चिन तयार नभए पार्टी एकता नहुने स्पष्ट सन्देश दिनुभएको थियो । नेपालले सम्मानजनक हैसियतमा पार्टी एकता हुने वातावरण तयार नहुँदासम्म केपी ओलीसँग मिसिनु राजनीतिक रुपमा आत्महत्या सरह हुने टिप्पणी समेत गर्नुभयो ।

बैठकमा सहभागीहरुलाई बोल्ने समय ३/३ मिनेट छुट्याइएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान दिवसले नेपालीलाई राष्ट्रनिर्माणको प्रक्रियामा भावनात्मक एकतामा बाँधेको बताउनुभएको छ । आज

काठमाडौं । कमेडी च्याम्पियनको सिजन दुईको उपाधी भरतमणाी पौडेलले जितेका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा धेरै भोट पाएको

काठमाडौं । अमेरिकी राष्ट्रपति जो वाइडेनले शुभकामना सन्देश पठाउँदै नेपाली जनताप्रति बधाई ज्ञापन गर्नुभएको छ । दुई देशका जनताबीचको सम्बन्धले

काबुल । अफगानिस्तानमा तालिवान शासकले माध्यामिक विद्यालयमा पनि बालिकाहरुलाई विद्यालय जानबाट बञ्चित गरेका छन् । तालिवानले सत्ता कब्जा गरेपछि हालै

आजको प्रमुख समाचार