देशभर आजदेखि ‘भेरोसेल’ खोपको दोस्रो डोज

स्वास्थ्य सेवा विभागले सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई खोप अभियान सञ्चालन गर्न निर्देशन दिएको छ । सरकारले असोजसम्म नेपालमा कोभिड १९ विरुद्धको झन्डै दुई करोड डोज खोप ल्याउने दाबी गरेको छ ।
२२ श्रावण २०७८, शुक्रबार ०८:५५ मा प्रकाशित

काठमाडौं । आजदेखि देशभर लक्षित समूहलाई कोभिड–१९ विरुद्धको भेरोसेलको दोस्रो डोज खोप लगाइने भएको छ । गत असार २९ गतेदेखि ५५ वर्षभन्दा माथिकालाई सञ्चालन गरिएको खोप अभियानमा भेरोसेलको पहिलो डोज खोप दिइएको थियो ।उक्त पहिलो डोज लगाएर २१ दिन पुगेका सबै व्यक्तिलाई आजबाट दोस्रो डोज खोप दिन लागिएको हो ।

स्वास्थ्य सेवा विभागले सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई खोप अभियान सञ्चालन गर्न निर्देशन दिएको छ । सरकारले असोजसम्म नेपालमा कोभिड १९ विरुद्धको झन्डै दुई करोड डोज खोप ल्याउने दाबी गरेको छ ।

दोस्रो मात्रा खोप लगाउने व्यक्तिहरुले अनिवार्य रुपमा विद्युतीय दर्ता नम्बर र पहिलो मात्रा लगाएको खोप कार्ड देखाउनुपर्नेछ । अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरुको लागि प्रसुति गृह थापाथली, काठमाडौं मेडिकल कलेज सिनामंगल, निजामती अस्पताल मिनभवन, शिक्षण अस्पताल महाराजगञ्ज र राधास्वामी आइसोलेसन सेन्टर सामाखुसीमा खोप कार्यक्रम सञ्चालन हुनेछ ।

विदेशमा काम गर्न जानेहरुका लागि नेपाल प्रहरी र वीरेन्द्र सैनिक अस्पतालमा खोप केन्द्र तोकिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान दिवसले नेपालीलाई राष्ट्रनिर्माणको प्रक्रियामा भावनात्मक एकतामा बाँधेको बताउनुभएको छ । आज

काठमाडौं । कमेडी च्याम्पियनको सिजन दुईको उपाधी भरतमणाी पौडेलले जितेका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा धेरै भोट पाएको

काठमाडौं । अमेरिकी राष्ट्रपति जो वाइडेनले शुभकामना सन्देश पठाउँदै नेपाली जनताप्रति बधाई ज्ञापन गर्नुभएको छ । दुई देशका जनताबीचको सम्बन्धले

काबुल । अफगानिस्तानमा तालिवान शासकले माध्यामिक विद्यालयमा पनि बालिकाहरुलाई विद्यालय जानबाट बञ्चित गरेका छन् । तालिवानले सत्ता कब्जा गरेपछि हालै

आजको प्रमुख समाचार