प्रधानमन्त्री आज जुम्लाका दलितको घरमा बास बस्दै

३० भाद्र २०६९, शनिबार १०:१२ मा प्रकाशित

काठमाडौं, ३० भदौ । हरेक महिनाको अन्त्यमा एक दिन ‘जनताको घर’मा बास बस्ने कार्यक्रम तय गरेका प्रधानमन्त्री बाबुराम भट्टराई आज कर्णालीको जुम्ला जिल्ला पुग्दैछन् । जुम्लाको दलित बस्ती भएको तातोपानीमा अवस्थित एक दलित परिवारको घरमा आज प्रधानमन्त्री बास बस्ने बालुवाटार स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीका स्वकीय सचिव विश्वदीप पाण्डेका अनुसार शनिबार राति जुम्ला तातोपानी ग विस–१ रांका गाउँका मानसिंह सार्कीको घरमा प्रधानमन्त्रीको बास हुनेछ । सार्कीकी छोरी सम्झनाको २०६२ जेठ ५ गते तत्कालीन राज्यपक्षबाट भएको पाण्डेले जनाएका छन् ।
प्रधानमन्त्रीसँग मुख्य सचिव लिलामणि पौडेल, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव गंगानारायण श्रेष्ठ, भौतिक योजना मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौला, कृषि मन्त्रालयका सचिव गणेश जोशी, राष्ट्रिय योजना आयोगका सदस्य जनकराज शाह, गरिवी निवारण कोषका सदस्य महेन्द्र सापकोटा, प्रेस काउन्सिललका सदस्य मनऋषि धिताललगायत जुम्ला जांदैछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल