‘फुर्के धागो २’ मा डिसी र अधिकारीको अभिनय

२२ श्रावण २०७८, शुक्रबार ०८:४७ मा प्रकाशित

काठमाडौं । गत बर्षको तीजमा फुर्के धागो बोलको गीतले सर्वाधिक चर्चा पाएपछि ‘फुर्के धागो २’ बजारमा आएको छ । यस बर्षको हिन्दु नारीको महान पर्व तीजलाई लक्षित गरेर सोही टिमले ‘फुर्के धागो २’ बोलको गीत सार्बजनिक गरेको हो ।

गीतलाई ‘जननी नेपाल’ नामक युटुब च्यानल मार्फत गीत सार्वजनिक गरिएको हो । प्रभा बर्तौलाको शब्दमा रहेको गीतमा गायक तथा संगीतकार थानेश्वर गौतम र शोभा गौतमको स्वर रहेको छ।

गीतमा संगीत पनि गायक गौतमले नै भरेका छन् । गीतमा पछिल्लो समय फुर्के धागो गीतबाट चर्चामा रहेका मोडल नयन डिसी र अञ्जली अधिकारीको अभिनय देख्न सकिन्छ ।

यसअघि फुर्के धागो बोलको गीतले युटुबमा ३८ लाख ओभर भ्युज पाएको छ टिकटकमा समेत उत्तिकै भाइरल बनेको थियो । ‘फुर्के धागो २’ बोलको गीत र भिडियोले सम्पूर्ण दर्शक स्रोताको मन जित्ने निर्माण टिमको दाबी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कमेडी च्याम्पियनको सिजन दुईको उपाधी भरतमणाी पौडेलले जितेका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा धेरै भोट पाएको

काठमाडौँ । प्रभात पाल ठकुरी र कविता न्यौपाने फिचर्ड ‘एकै छिन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतकार गोपाल लोहारको

गैरआवासीय नेपाली सङ्घले उत्पादन गर्न लागेको साङ्गीतिक कार्यक्रम ‘एनआरएन द सिङ्गर’ लाई कान्तिपुर टेलिभिजनले प्रसारण गर्ने भएको छ । दुवै

बलिउड अभिनेत्री कंगना रनौत सीताको भूमिकामा देखिने भएकी छन्। अलौकिक देसाइको निर्देशनमा बन्ने फिल्म ‘सीताः द इनकार्नेशन’ मा कंगना पक्का

आजको प्रमुख समाचार