बिहीबार तीन जार ९३८ मा सङ्क्रमण

२१ श्रावण २०७८, बिहीबार १८:०१ मा प्रकाशित

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज १८ हजार ४०८ जनामा परीक्षण गर्दा तीन हजार ९३८ जनामा सङ्क्रमण देखिएको हो । हिजो (बुधबार) चार हजार १०७ जनामा देखिएको थियो ।

उपत्यकामा एक जार ७५
काठमाडौँ उपत्यकामा एक हजार ७५ जनामा सङ्क्रमण देखिएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा ७६६, भक्तपुर १४६ र ललितपुरमा १६३ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै सङ्क्रमणबाट निको हुनेको सङ्ख्या विगत २४ घण्टामा दुई हजार १२ जना छ । अहिलेसम्म यो सङ्क्रमणबाट निको हुने छ लाख ६३ हजार ६६३ पुगेका छन् । नेपालमा निको हुने दर ९३.७ प्रतिशत रहेको छ ।

यस्तै विगत २४ घण्टामा ३७ जनाको यही सङ्क्रमणका कारण निधन भएको छ । अहिलेसम्म नौ हजार ९९४ जना निको भएको बताइएको छ । सक्रिय सङ्क्रमित ३४ हजार ४२२ जना रहेका छन् भने ३१ हजार १०८ जना होम आइसोलेशन, तीन हजार ३१४ जना संस्थागत आइसोलेशन र ३७५ जना क्वारेन्टिनमा रहेका छन् ।

मन्त्रालयका अनुसार ७१३ जना सघन उपचार कक्ष र १५८ जना भेण्टिलेटरमा उपचार गराइरहेका छन् । यस्तै विगत २४ घण्टामा एक लाख १७ हजार ७७९ ले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । पहिलो मात्रा खोप ४३ लाख ५९ हजार २७७ जनाले र पूर्ण मात्रा खोप २१ लाख ३० हजार ९०० ले लगाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (एस) पार्टीमा कार्यविभाजन गर्दा सुरुमा थोरै उपाध्यक्ष राख्ने प्रयास भएको थियो

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको सरगर्मी बढिरहेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेल गुटभित्र विद्रोह मच्चिएको छ । सभापति

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ९५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४

काठमाडौं । पार्टी विभाजनको क्रममा माधवकुमार नेपाललाई छोडेर मुल पार्टीमै फर्केका एमालेका ‘तेस्रो धार’ एकपछि अर्को गर्दै अध्यक्ष केपी शर्मा