मन्त्रिपरिषदले पूर्णता पाएन, प्रधानमन्त्री देउवा आलोचित बन्दै

२१ श्रावण २०७८, बिहीबार १७:५० मा प्रकाशित

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस् सरकारमा कुन कुन दल सहभागी हुनेसमेत निश्चित भइसकेको छैन । दलहरुबीच सहमति नहुँदा मन्त्रिपरिषद विस्तार अन्योलमा परेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेको तीन साता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । प्रधानमन्त्रीको सपथ लिएलगत्तै देउवाले कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँण र मा‌‌ओवादी केन्द्रका जर्नादन शर्मा र पम्फा भुषाललाई मन्त्री बनाए । पछि उमेश श्रेष्ठलाई राज्यमन्त्री बनाएका छन् ।

अन्य मन्त्री नियुक्त हुन नसक्दा अधिकांश मन्त्रालय अहिले कर्मचारीले चलाइरहेका छन् । मन्त्रिपरिषदलाई पूर्णता दिन ढिलाइ गरेकोमा प्रधानमन्त्री देउवाको आलोचना बढ्दै गएको छ ।

कोरोना संक्रमण बढिरहँदा स्वास्थ्य मन्त्रालयमा पनि मन्त्री नियुक्त हुन सकेको छैन । मन्त्रिपरिषद विस्तार हुन नसक्नुमा सत्ता साझेदार दलले सुरुवातमा जनता समाजवादी पार्टीको विवाद देखाउने गरेका थिए । तर अहिले त्यो विवाद साम्य भइसकेको छ । पछिल्लो पटक एमालेको नेपाल खनाल समूहलाई पर्खनुपरेकाले ढिलो भएको उनीहरुको तर्क छ ।

नेपाल–खनाल समूहले तत्काल सरकारमा जान्छ कि जाँदैन भन्ने अन्यौल कायमै छ। सत्ता साझेदार दलले आफ्ना कमजोरी लुकाउन यही समूहलाई कारण देखाइरहेका छन् । अहिलेसम्म मन्त्रालय बाँडफाँड नै टुङ्गो लाग्न सकेको छैन । मन्त्रालय बाँडफाँडपछि दलहरुभित्रबाट मन्त्री छान्न अर्को सकस छ ।

अहिले मुलुक संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । कोरोना महामारीले अर्थतन्त्र नाजुक अवस्थामा छ । सबै मन्त्रालयमा नेतृत्वको खाँचो छ । तर अघिल्लो सरकारले काम गर्न नसकेको भन्दै चर्को आलोचना गर्ने नेताहरु अहिले मन्त्रिपरिषद समेत गठन गर्न नसक्ने अवस्थामा देखिएका छन् । यसले नयाँ सरकार बनेपछि केही सुधार होला कि भन्ने आशा गरिरहेका आम नागरिक भने निरास बन्दै गएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (एस) पार्टीमा कार्यविभाजन गर्दा सुरुमा थोरै उपाध्यक्ष राख्ने प्रयास भएको थियो

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको सरगर्मी बढिरहेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेल गुटभित्र विद्रोह मच्चिएको छ । सभापति

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक जारी छ । दशौँ महाधिवेशन अघि बसेको बैठकमा अहिले दुई विषयले सबैको

काठमाडौं । पार्टी विभाजनको क्रममा माधवकुमार नेपाललाई छोडेर मुल पार्टीमै फर्केका एमालेका ‘तेस्रो धार’ एकपछि अर्को गर्दै अध्यक्ष केपी शर्मा