माधव समूहको केन्द्रीय कमिटी बैठकमा ७० बढी नेता सहभागिता

२१ श्रावण २०७८, बिहीबार १७:४८ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव समूहको केन्द्रीय सदस्यहरुको बैठक जारी छ । काठमाडौंको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बसिरहेको बैठकमा सुरेन्द्र पाण्डे र योगेश भट्टराई उपस्थित भएनन् । पाण्डे र भट्टराई कोरोना भाइरसको कन्ट्रयाक्ट ट्रेसिङमा परेका कारण बैठकमा उपस्थित नभएको बताइएको छ ।

पार्टीका उपाध्यक्ष भीम रावलसहित अन्य ७७ जना नेताहरु बैठकमा उपस्थित छन् । बैठकमा यसअघि केपी ओलीको पक्षमा रहेका प्रेम आले पनि उपस्थित भएका छन् । केही नेता उपत्यका बाहिर रहेका कारण उपस्थित हुन नसकेको दाबी गरिएको छ ।

पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै आफ्नो पक्षले आगामी दिनमा लिनुपर्ने रणनीति तय गर्न यो समुहले बैठक राखेको हो । यद्यपी यो बैठकबारे पार्टीको संस्थापन पक्षले गम्भीर आपत्ति प्रकट गरेको छ । एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले हिजो एक विज्ञप्ति प्रकाशित गर्दै आज बिहीबार पार्टीको कुनै पनि बैठक भेला नभएको भन्दै अनधिकृत बैठकमा सहभागी नबन्न नेताहरुलाई आग्रह गरेका थिए।

पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीले स्वेच्छाचारिता र व्यक्तिवादी चरित्रको विरोध गर्न भन्दै एकजुट बनेको नेपाल पक्ष प्रधानन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने दिन साउन ३ गतेदेखि आन्तरिक रुपमा विभाजित जस्तै बनेको छ । नेता नेपालसहित नेपाल पक्षका २२ सांसदले देउवालाई विश्वासको मत दिएका थिए भने नेपाल पक्षकै ११ जना नेताले संसद बैठक बहिस्कार गरेका थिए ।

पार्टी संस्थापनको निर्देशन विपरित मतदान गर्ने र बैठक नै बहिस्कार गर्ने नेपाल पक्षका नेताहरुबीच अहिले सरकारमा सहभागी हुने या नहुने, आफ्नो समुहलाई ओली पक्षमा मिलाउने या नमिलाउने, अलग्गै पार्टी बनाउने या ओलीसँग सहमति गर्ने लगायतका विषयमा फरक मत देखिँदै आएको छ । एउटै समुहभित्र फरकफरक दृष्टिकोण आउँदा समस्या हुने भन्दै नेपाल पक्षले आज एकीकृत धारणा बनाउन आफू निकट केन्द्रीय सदस्यहरुको बैठक बोलाएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (एस) पार्टीमा कार्यविभाजन गर्दा सुरुमा थोरै उपाध्यक्ष राख्ने प्रयास भएको थियो

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको सरगर्मी बढिरहेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेल गुटभित्र विद्रोह मच्चिएको छ । सभापति

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक जारी छ । दशौँ महाधिवेशन अघि बसेको बैठकमा अहिले दुई विषयले सबैको

काठमाडौं । पार्टी विभाजनको क्रममा माधवकुमार नेपाललाई छोडेर मुल पार्टीमै फर्केका एमालेका ‘तेस्रो धार’ एकपछि अर्को गर्दै अध्यक्ष केपी शर्मा