नेपाली युवाको मलेसियामा मृत्यु

३० भाद्र २०६९, शनिबार ०९:४० मा प्रकाशित

काठमाडौं, ३० भदौ । मलेसियाको क्वाललम्पूरस्थित एक कम्पनीमा कार्यरत नेपाली युवाको भ्यानको ठक्करबाट मृत्यु भएको छ । दुई वर्षअघि मलेसिया पुगेका रुकुम डांडागाउंका कमल घर्तीको शाहअलाम सेक्सन १५ स्थित सडकमा गत बिहिबार बेलुका हिंडिरहेको अवस्थामा भ्यानले ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको थियो । परिवारमा श्रीमती र एक छोरी रहेका कमलको शव पोस्टमार्टमका लागि केलाङस्थित अस्पतालमा राखिएको बताइएको छ ।

तलब सुविधामा असन्ुष्टि भएपछि पछिल्लो केही महिनायता उनी पुरानो कम्पनी छोडेर अर्को कम्पनीमा काम गर्न गएका र सो कम्पनीमा अवैध रुपले रहेका कारण समस्या उत्पन्न भएको उनका सहकर्मीलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ ।

काठमाडौं । देशभर लगातार वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी र तराई क्षेत्र केन्द्रित वर्षा

नेपाल र भारतबीच महाकाली एकीकृत विकास सन्धि भएको २६ वर्षपछि नेपालले पानी पाएको छ। सन् १९९६ मा नेपाल र भारतबीच

काठमाडौं । अहिले नेपालमा देशभर मनसुनी वायुको प्रभाव देखिएको छ । मनसुनी वायुको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही

आजको प्रमुख समाचार