जीवन प्याकुरेलको ‘चाहना के के छ’ मा रामजी र करिश्मा

२१ श्रावण २०७८, बिहीबार ०८:११ मा प्रकाशित

काठमाडौं । गीतकार तथा संगीतकार जीवन प्याकुरेलको तीज गीत ‘चाहना के के छ’ सार्वजनिक भएको छ ।

शनिबार गायक रामजी खाँडको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा कञ्चन सारु मगरको महिला स्वर छ । कमल सौरागको संगीत संयोजनमा बनेको गीतलाई कुमार रानाले मास्टररिङ र मिक्सिङ गरेका हुन् ।

सुन्दर शब्द र संगीतमा बनेको गीतको भिडियो पनि शानदार बनेको छ । स्मृति तिमिल्सीनाको निर्देशनमा बनेको गीतको भिडियोमा गायक खाँडसँगै करिश्मा ढकाल र इभाना तामाङको अभिनय छ । सुरेश श्रेष्ठले खिचेको भिडियोको सम्पादन प्रकाश धमलाले गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कमेडी च्याम्पियनको सिजन दुईको उपाधी भरतमणाी पौडेलले जितेका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा धेरै भोट पाएको

काठमाडौँ । प्रभात पाल ठकुरी र कविता न्यौपाने फिचर्ड ‘एकै छिन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतकार गोपाल लोहारको

गैरआवासीय नेपाली सङ्घले उत्पादन गर्न लागेको साङ्गीतिक कार्यक्रम ‘एनआरएन द सिङ्गर’ लाई कान्तिपुर टेलिभिजनले प्रसारण गर्ने भएको छ । दुवै

बलिउड अभिनेत्री कंगना रनौत सीताको भूमिकामा देखिने भएकी छन्। अलौकिक देसाइको निर्देशनमा बन्ने फिल्म ‘सीताः द इनकार्नेशन’ मा कंगना पक्का

आजको प्रमुख समाचार