जंगली बँदेलका लागि छोडेको करेन्ट लागेर दाजुभाइको मृत्यु

गएराती साढे १० बजे तिर मकैबारीमा गएका बेला करेन्ट लागेर सुर्नया गाउँपालिका-५ का अजब चन्दका छोरा २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्दको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो ।
२१ श्रावण २०७८, बिहीबार ०७:५८ मा प्रकाशित

बैतडी । बैतडीको सुर्नया गाउँपालिका-५ स्वालीमा बदेलका लागि छोडेको तारमा करेन्ट लागेर दुई दाजुभाइको मृत्यु भएको छ ।

गएराती साढे १० बजे तिर मकैबारीमा गएका बेला करेन्ट लागेर सुर्नया गाउँपालिका-५ का अजब चन्दका छोरा २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्दको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो ।

जंगली बँदेलले मकैबारी नष्ट गर्न थालेपछि मैकैबारीमा छोडिएको तारबाट उनिहरुलाई करेन्ट लागेको ओझाले बताउनुभयो । घटनास्थलमा राती नै प्रहरी टोलि पुगेको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान दिवसले नेपालीलाई राष्ट्रनिर्माणको प्रक्रियामा भावनात्मक एकतामा बाँधेको बताउनुभएको छ । आज

काठमाडौं । कमेडी च्याम्पियनको सिजन दुईको उपाधी भरतमणाी पौडेलले जितेका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा धेरै भोट पाएको

काठमाडौं । अमेरिकी राष्ट्रपति जो वाइडेनले शुभकामना सन्देश पठाउँदै नेपाली जनताप्रति बधाई ज्ञापन गर्नुभएको छ । दुई देशका जनताबीचको सम्बन्धले

काबुल । अफगानिस्तानमा तालिवान शासकले माध्यामिक विद्यालयमा पनि बालिकाहरुलाई विद्यालय जानबाट बञ्चित गरेका छन् । तालिवानले सत्ता कब्जा गरेपछि हालै

आजको प्रमुख समाचार