सर्वोच्चद्वारा महन्थ ठाकुरको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार

२० श्रावण २०७८, बुधबार १८:२१ मा प्रकाशित

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादमा निर्वाचन आयोगको फैसलाविरुद्ध महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । ठाकुरको रिट निवेदनको बुधबार सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले अन्तरिम आदेश जारी गर्न अस्विकार गरेको हो ।

विपक्षी उपेन्द्र यादव र निर्वाचन आयोगलाई भने सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ । निवेदक ठाकुरको मागअनुसार किन गर्नु नपर्ने हो त्यसको आधार र कारण खुलाइ बाटाका म्यादबाहेक १५ दिनभित्र जवाफ पेस गर्न आयोग र यादवलाई सर्वोच्चले भनेको छ ।

जसपाको विवादसम्बन्धी अन्य मुद्दा पनि सँगै राखेर पेस गर्न पनि इजलासले भनेको छ । साउन ११ गते आयोगले जसपाको आधिकारिकता यादवलाई दिएको थियो । केन्द्रीय कार्यकारिणी समितिको बहुमत सदस्यले यादवको पक्षमा सनाखत गरेपछि आयोगले उक्त निर्णय लिएको थियो ।

रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्नुरनगराउनु भनी अन्तरिम आदेश जारीको माग गर्दै ठाकुरले सर्वोच्चमा रिट दायर गरेका थिए । आयोगको निर्णय कानुनी एवं संवैधानिक व्यवस्था प्रतिकूल हुने गरी भएको भन्दै ठाकुरले सर्वोच्चमा रिट दायर गरेका थिए । आयोगको निर्णयले आफूलाई आघात पुगेको पनि उनले निवेदनमा लेखेका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (एस) पार्टीमा कार्यविभाजन गर्दा सुरुमा थोरै उपाध्यक्ष राख्ने प्रयास भएको थियो

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको सरगर्मी बढिरहेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेल गुटभित्र विद्रोह मच्चिएको छ । सभापति

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक जारी छ । दशौँ महाधिवेशन अघि बसेको बैठकमा अहिले दुई विषयले सबैको

काठमाडौं । पार्टी विभाजनको क्रममा माधवकुमार नेपाललाई छोडेर मुल पार्टीमै फर्केका एमालेका ‘तेस्रो धार’ एकपछि अर्को गर्दै अध्यक्ष केपी शर्मा