रानीमहलको प्रचारका लागि पोखराका व्यावसायीद्वारा साइकल यात्रा

३० भाद्र २०६९, शनिबार ०९:३३ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, ३० भदौ । पर्यटन, स्वास्थ्य र वातावरणको लागि साईकल यात्रा भन्ने नाराका साथ निस्केको साईकल यात्रीको टोली स्याङजाको वालिङ पुगेको छ । स्क्वास राकेट एसोसिएसन—एस आर ए पोखराको अगुवाईमा चार दिने साईकल यात्रा शुरु गरिएको हो । टोलीले नेपालको ताज महलको रुपमा रहेको पाल्पाको रानीमहलको अवलोकन गर्नुका साथै पाल्पाको तानसेनमा अन्तक्रिया गर्ने योजना वनाएको एस आर ए का अध्यक्ष पुष्पराज श्रेष्ठले जानकारी दिनुभयो ।
पोखरामा अन्तराष्ट्रिय विमानस्थल निमार्णका लागि दवाव दिनुका साथै पाल्पालीहरुको विमानस्थल निमार्णका लागि सहयोग माग गर्ने अध्यक्ष श्रेष्ठले वताउनु भयो । पोखरामा आईपुगेका पर्यटकलाई स्याङजा र पाल्पाका विभिन्न स्थान तथा रानीमहल सम्म पुर्याउने योजना अनुरुप साईकल यात्रा गरिएको एसआरएले जनाएको छ । पोखरामा आएका पर्यटकको लागि अन्यत्र समेत लान सकिए उनीहरुको वसाई लम्व्याउन सकिने उनीहरुको विश्वास छ ।
यस्तै टोलीले सम्भव भए सम्म र छोटो दुरीको यात्राका लागि अनिवार्य साईकलको प्रयोग गर्न सर्वसाधारणलाई प्रेरित गर्ने उद्देश्य राखेको वताएको छ । साईकलको प्रयोगले वातावरण स्वच्छ, शारिरीक तन्दुरुस्ती तथा स्वास्थ्यमा समेत राम्रो प्रभाव पार्दछ भन्ने जानकारी ठाँउ ठाँउमा दिनु आफ्नो अर्को उद्देश्य रहेको अध्यक्ष श्रेष्ठले वताउनु भयो ।
साईकलयात्रामा पोखराका ५ जना व्यवशायीहरु सहभागी छन् । टोली असोज १ गते पाखरा फर्कनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विचाराधिन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताउनुभएको छ । विधेयक अघि

काठमाडौं । नेपालले अमेरिकालाई अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ । गृहमन्त्री वालकृष्ण खाँणका अनुसार एसपीपीमा

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट समाजवाद सम्भव नुहने बताएका छन् । सोमबार नरबहादुर कर्मचार्य

काठमाडौं । घूसकाण्डमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् । घटना छानबिनका लागि जाँचबुझ समिति गठनबारेको

आजको प्रमुख समाचार