मिस नेपाल सुप्रानेशनल कनौजिया पोल्याण्ड प्रस्थान

२० श्रावण २०७८, बुधबार ०८:२१ मा प्रकाशित

कोरोना जोखिमको बिचमा आयोजना हुन लागेको सुप्रानेशनल पेजेन्टको १२ औं संस्करणका लागि नेपालको प्रतिनिधित्व गर्दै मिस नेपाल सुप्रानेशनल २०२० सिमल कनौजिया मंगलबार पोल्याण्ड प्रस्थान गरेकी छिन् ।

कनौजियाले आगामी अगस्ट २१ मा पोल्याण्डको नोवा साक्जमा आयोजना हुने मिस सुप्रानेशनल पेजेन्टमा नेपालको प्रतिनिधित्व गर्ने छिन । उनी सो प्रतियोगितामा भाग लिने तेस्री मिस नेपाल सुप्रानेशनल हुन् ।

आयोजक द हिडन ट्रेजरद्वारा जारी विज्ञप्तिमा पेजेन्टको तयारीको लागि कनौजियालाई कोरियोग्राफर रचना गुरुङ शर्मा, फोटोग्राफर राजभाई सुवाल, ड्रेस डिजाइनर मनीष राई, कासा तथा रानीज कलेक्सन लगायतले प्रशिक्षण दिएका थिए । प्रतियोगिताको नेशनल कस्ट्यूम राउण्डका लागि उनले नमूना कलेज अफ फेसन टेक्नोलोजीका विद्यार्थीहरुको कन्सेप्ट र डिजाइनमा तयार भएको पहिरन लगाउने छिन् ।

प्रतियोगितामा कनौजियाले नेपालको सांस्कृतिक पहिचान र प्राकृतिक सौन्दर्य तथा स्तन क्यान्सरको सचेतनाका लागि गरिएका पहलहरु समाविष्ट चार मिनेट लामो परिचयात्मक भिडियो प्रस्तुत गर्नेछिन् । सो भिडियोलाई लोकेशन नेपालको सहकार्यमा तयार गरिएको हो ।

भविष्यमा सफल उद्यमी बन्ने लक्ष्य लिएकी कनौजिया हाल एमबिए अध्ययनरत छिन् ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। चर्चित गायिका ब्रिटनी स्पियर्सको बेडरुममा समेत निगरानी हुन्थ्यो र उनको जासुसी गर्नको लागि उनका आफ्नै पिताले एक सुरक्षा फर्मलाई

काठमाडौं । कमेडियन कपिल शर्मा गम्भीर संकटमा फसेका छन् । भारतीय कमेडी टेलिभिजन शो ‘द कपिल शर्मा शो’विरुद्ध उजुरी दायर

चर्चित गायिका इन्दिरा जोशीले बिबाहअघिको इन्गेजमेण्ट सुटुक्क गरे पनि उक्त समाचार र तस्बिर भाइरल भएको छ । सामाजिक सञ्जालमा धेरै

काठमाडौँ। विभिन्न कालखण्डमा बनेका कालजयी तथा राम्रा नेपाली चलचित्रहरूको प्रचार–प्रसार र प्रबर्द्धन तथा नेपाली चलचित्रहरुलाई अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउने उदेश्यले अमेरिकामा