राष्ट्रपतिबाट दलहरुलाई फेरि ताकेता, कडा रुपमा प्रस्तुत हुने शितल निवासको तयारी

३० भाद्र २०६९, शनिबार ०९:३० मा प्रकाशित

काठमाडौं, ३० भदौ । भदौ महिनाभित्र सहमतिमा पुग्ने प्रतिवद्धता पूरा नगरेपछि राष्ट्रपति रामवरण यादवले नेताहरुलाई फेरि ताकेता गर्नुभएको छ । दलहरुले व्यर्थमा झण्डै तीनसाता बिताएपछि राष्ट्रपतिले उनीहरुलाई झक्झक्याउन भोली आइतबार फेरि छलफलमा डाक्नुभएको हो । संविधानसभा विघटनको तीन महिनासम्म पनि प्रमुख दलहरुबीच सहमतिका सवालमा कुनै प्रगति नभएपछि राष्ट्रपति असन्तुष्ट हुनुहुन्छ ।

स्रोतका अनुसार राष्ट्रपतिले अब दलहरुलाई समय अवधि तोकेरै सहमतिमा पुग्न अल्टिमेटम दिने तयारी गर्दैहुनुहुन्छ । त्यस अवधिमा सहमति नभए प्रधानमन्त्री बाबुराम भट्टराईलाई राष्ट्रपतिले सत्ता छाड्न आग्रह गर्ने स्रोतको दाबी छ । भट्टराईले राष्ट्रपतिले दिएको समयावधिभित्र सरकार नछाडेमा संविधानको धारा ३८ को १ अनुसार सहमतिको सरकारका लागि आह्वान गर्ने राष्ट्रपतिको योजना छ । प्रमुख दलका नेताहरुलाई भोलीको भेटमा राष्ट्रपतिले यस कुराको जनाउ गराउने सम्भावना रहेको स्रोतले बतायो ।

दलहरुले सहमति गर्न नसकेपछि निकासका लागि विभिन्न विकल्पहरुमा छलफल जारी छ । दलहरुलाई अझै केही दिन समय छ, तर अझै कुनै हल निकाल्न नसके राष्ट्रपतिले संविधानको पालन तथा संरक्षणकर्ताको हैसियतले निकास दिनैपर्ने आवाज चौतर्फी उठिरहेको अवस्था छ । भदौभित्र सहमति जुटाउन निरन्तर छलफल गर्ने भने पनि दलहरुबीच वार्तासम्म हुन सकेको छैन । तर भदौभित्र सहमति नजुटे निर्वाचनमा जान दलहरु सहमत भएको संकेत मिलेको छ । तर सरकारका विषयमा भने द्वन्द्व कायम नै छ जसले अन्य सहमतिका विषयमा प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ ।

संविधानसभा पुनःस्थापना गर्ने या चुनावमा जाने भन्नेमा सहमति गरेर आउन यसअघिको भेटमा राष्ट्रपतिले दलहरुलाई आग्रह गर्नुभएको थियो । यो स्वीकार गरेर शितल निवासबाट निस्केका दलहरु अबको भेट बोलाईंदासम्म अझै के गर्ने भन्ने अन्योलमै छन् । राष्ट्रपतिले दोहोरयाएर ताकेता गरेपछि आज शनिबार दलहरु छलफलमा बस्ने तयारी गरिरहेको बुझिएको छ । तर प्रधानमन्त्रीको आज जुम्ला जाने कार्यक्रम रहेको र दलका नेताहरु प्नि जिल्ला–जिल्लामा पुगेकोले आज छलफल हुने–नहुनेमा अन्योल देखापरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको

काठमाडौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको छ। नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले मुख्यमन्त्री

कैलाली । भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा भोलिसम्मका लागि आवागमन बन्द गरिएको छ । उत्तर प्रदेशका