कोरियामा अवैधानिक कामदारको मानव अधिकार हनन

५ चैत्र २०६८, आईतवार १२:४२ मा प्रकाशित

सोल, चैत्र ५ – दक्षिण कोरियामा अबैधानिक रुपले काम गर्दै आएका प्रवासी कामदारहरुको मानव अधिकार हनन भइरहेको यहाँको मानव अधिकार आयोग कोरिया (एचआरसीके)ले जनाएको छ ।

आयोगले केहि दिन अघि एक प्रतिवेदन सार्वजनिक गर्दै सो जानकारी गराएको हो । प्रतिवेदन  सन २०१० जनवरीको अन्तिम हप्तामा कोरियाको ४ वटा अध्यागमन केन्द्रमा गएर  पक्राउ गरिएका ४१२ अवैधानिक प्रवासी कामदारहरुसँग गरिएको सवाल जवाफको आधारमा  तयार पारिएको हो । जस अनुसार ८० प्रतिशत कामदारले छापा मार्ने क्रममा आफ्नो मानव अधिकार उल्लघन भएको प्रतिकृया दिएका छन् ।

पक्राउका बेला ५० प्रतिशतलाई गाली, १९.१ प्रतिशतलाई शारीरिक  हमला र ३०.९ प्रतिशतलाई अन्य खालको दुव्र्यवहार गरिएको जनाइएको छ । प्रतिवेदनमा पक्राउ गरिएका ९६ प्रतिशत कामदारहरुलाई हतकडी लगाईएको,५ प्रतिशतलाई लाठीले कुटिएको र अन्यलाई बेहोश समेत  गराईएको उल्लेख छ । यी मध्ये ६० प्रतिशतले अध्यागमन कार्यलय पुग्दासम्म गाडीमा हातकडी सहित राखेको बताएका छन् ।

‘मलाई पक्राउ गरे लगत्तै अनुहारमा कुटियो त्यसपछिमात्र हतकडी लगाएर गाडीमा चढाइयो । अध्यागमनका कर्मचारी सामान्य पहिरनमा थिए । उनीहरुले यूनिर्फम लगाएका थिएनन् यहाँसम्मकी आफ्नो परिचयसम्म दिएनन्,’ पक्राउ परेका एक प्रवासी कामदारले आयोगका अधिकारीहरुसँग भने ।

प्रतिवेदनमा २० प्रतिशत महिला कामदारले धरपकडको बेला यौन दुर्व्यवहार झेल्नु परेको, १४.६प्रतिशतलाई साँघुरो बाहनमा पुरुषसँगै कोचिएको, ३७.८ प्रतिशतलाई पुरुष कामदारसँगै राखिएको र २४.४ प्रतिशतलाई शौचालय जान समेत प्रतिबन्ध गरिएको उल्लेख छ ।

‘मलाई अध्यागमन कर्मचारीले परिचयपत्र नदेखाई हातकडी लगाएर गाडीमा राखे । जब मलाई हतकडी लगाएरै शौचालय लगियो मैले हिनताबोध महशुस गरे,’ एक महिलाले प्रतिवेदनमा भनेकी छन् ।

अर्की महिलाले शौचालय जान दिन गरेको अनुरोधमा अध्यागमन कर्मचारीले उनलाई पाईन्टमा नै पिसाब गर्न भनेको समेत आयोगले उल्लेख गरेको छ । यस सम्बन्धी बिस्तृत समचार कोरिया हेराल्डले आफ्नो अनलाईन सस्करणमा प्रकाशित गरेको छ ।

कोरियको जनशक्ति नीति बिभागका निर्देशक ली थेहीले बैधानिकलाई अधिकार सम्पन्न र अबैधानिक कामदारलाई कडा धरपकड गर्ने सरकारी योजना रहेको प्रतिकृया दिएको महिना दिन नपुग्दै सार्बजनिक गरिएको यस प्रतिवेदनले एक चोटी फेरि यहाँका मजदूर तथा मानव अधिकारकर्मीहरुलाई गम्भीर बनाएको छ ।

गत हप्तामात्र सोल नगरपालिकाले भिषा नभएकै कारण स्वास्थ्य बिमा प्राप्त गर्नबाट बन्चित भएका अबैधानिक प्रवासी कामदारहरुको स्वास्थ्यस्थिति नाजुक रहेको जनाउँदै ८ वटा अस्पतालबाट मातृभाषा अनुवादक सहित उपचार गरिदिने घोषण गरेको थियो ।

हाल कोरियाको औधोगीक उत्पादन,कृषि,मत्स्यपालन र निर्माण क्षेत्रमा नेपाल सहित १५ मुलुकका ७लाख१४हजार मजदूर कार्यरत छन् । ती मध्ये १लाख ७० हजार अबैधानिक रहेका छन् । दिनानुदिन  नेपाली कामदारको संख्या बढिरहेको छ भने अन्य देशको तुलनामा सबैभन्दा थोरै १५ प्रतिशतमात्र अवैधानिक छन् । कान्तिपुरबाट

प्रतिक्रिया
सम्बन्धित खवर

लस-एन्जलस । संयुक्तराज्य अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस् काउन्टीमा अवस्थित पशुपतिनाथ बुद्ध मन्दिरको व्यवस्थापन, एवम् विभिन्न सांस्कृतिक, धार्मिक कार्यक्रमहरु सम्पन्न

न्यूयोर्क । न्युयोर्क राज्य संसदमा नेपाली मूलकी सराहना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छिन् । सराहनाले न्युयोर्क राज्य संसदको तल्लो सदनमा

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट