किन लम्बिंदैछ न्यायाधीश नियुक्ति प्रकरण

३० भाद्र २०६९, शनिबार ०९:२७ मा प्रकाशित

काठमाडौं, ३० भदौ । डेढ वर्षदेखि लम्बिएको न्यायाधीश नियुक्तिको विषय अझै केही समय लम्बिने भएको छ । फागुन दोस्रो साता न्यायाधशि नियुक्तिको नयां मापदण्ड बनाउने भन्दै तयार भएको मस्यौदापछि फेरि मापदण्ड बनाउन निर्णय परिषदले गरेपछि नियुक्ति लम्बिने भएको हो । मस्यौदामाथि न्यायाधीश समाज र अधिकृत समाजले असन्तुष्टि देखाएपछि अब फेरि भोली आइतबार न्यायाधीश नियुक्तिका मापदण्डका विषयमा छलफल चलाइने भएको छ । यस्ता १–२ बैठक अझै चल्ने सम्वद्ध श्रोतको कथन छ ।

जिल्ला, पुनरावेदन र सर्वोच्च गरी तीनै तहको अदालतमा न्यायाधीश नियुक्तिको विषय डेढ वर्षदेखि सुरु भएर पनि अहिलेसम्म सिफारिसका लागि बैठक बस्न सकेको छैन । शुक्रबार बसेको परिषदको अनौपचारिक बैठकले मापदण्डमा केही छलफल र परिमार्जन गर्ने निर्णय गरेको थियो । यसअघि फागुनमा परिषदले न्यायाधीश नियुक्ति पारदर्शी बनाउने र विवादित हुन नदिने भन्दै नयां मापदण्ड तयार गरेको थियो । प्रधानन्यायाधीश अध्यक्ष रहने न्यायपरिषद बैठक चैतपछि औपचारिक रुपमा बस्न सकेको छैन । आखिर कसको कुन स्वार्थ सिद्धिका लागि न्यायाधीश नियुक्तिको विषयलाई यसरी लम्व्याइएको हो भन्ने बुझ्न नसकिएको सम्बन्धित क्षेत्रका व्यक्तिहरु नै चर्चा गर्न थालेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस