विद्युत प्राधिकरणमा कुलमानलाई ल्याउने तयारी

१९ श्रावण २०७८, मंगलवार १८:१० मा प्रकाशित

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्याकारी निर्देशकमा कुलमान घिसिङलाई फेरि ल्याउने तयारी गरेको छ ।

पछिल्लो समय विद्युत आपुर्तिमा समस्या भएको भन्दै सरकारले कुलमानलाई फेरि प्राधिकरणमा ल्याउने तयारी गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउने प्रक्रिया थाल्न निर्देशन दिएका हुन् ।

बालुवाटारमा मंगलबार उर्जा मन्त्री पम्फा भुसाललाई बोलाएर प्रधानमन्त्री देउवाले प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई नियुक्त गर्ने प्रक्रिया सुरू गर्न निर्देशन दिएको हो ।

स्रोतका अनुसार प्रधानमन्त्रीको निर्देशनपछि उर्जामन्त्री भुसालले प्राधिकरणका अहिलेका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर राजीनामा दिन पनि सुझाएकी छन् ।

शाक्यले राजीनामा नदिए उनलाई सरकारले स्पष्टीकरण सोध्ने तयारी गरेको छ । काम सन्तोषजनक नभएको भन्दै सरकारले स्पष्टीकरण सोध्न सक्ने स्रोतको भनाई छ । ‘स्पष्टीकरण चित्त नबुझे सरकारले उनलाई हटाउन सक्छ ।’

नेपालमा दैनिक १४ घण्टे लोडसेडिङ अन्त्य गरेर जनतामाझ लोकप्रिय बनेका कुलमानले चार वर्षे अवधिमा लोडसेडिङ अन्त्य गर्नुका साथै प्राधिकरणको साख समेत उचो पारेका थिए । कुलमानलाई पुनर्नियुक्ति हुनुपर्ने आवाज उठ्दै आएपनि ओली सरकारले भने नियुक्ति दिएको थिएन ।

तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माको सिफारिसमा २०७३ भदौ २९ गतेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको प्रवन्ध निर्देशकको रुपमा घिसिङको प्रवेश भएको थियो । प्राधिकरणमा फेरि कुलमान आउने चर्चा चलिरहेको बेला मंगलबार देउवाले यस्तो निर्देशन दिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (एस) पार्टीमा कार्यविभाजन गर्दा सुरुमा थोरै उपाध्यक्ष राख्ने प्रयास भएको थियो

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको सरगर्मी बढिरहेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेल गुटभित्र विद्रोह मच्चिएको छ । सभापति

काठमाडौं । पार्टी विभाजनको क्रममा माधवकुमार नेपाललाई छोडेर मुल पार्टीमै फर्केका एमालेका ‘तेस्रो धार’ एकपछि अर्को गर्दै अध्यक्ष केपी शर्मा

काठमाडौं । यो साता पहिलो कारोबार दिन संविधान दिवसका कारण सार्वजनिक विदा परेकाले चार ओटा कारोबार दिनमात्र शेयर कारोबार भएको