लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

१९ श्रावण २०७८, मंगलवार १८:०५ मा प्रकाशित

रुपन्देही । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ जना सांसदले हस्ताक्षर गरेर प्रदेशसभामा आज अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।

संविधानको धारा १ सय ६८ को उपधारा २ अनुसार नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखसँग आग्रह गरेको भोलिपल्टै अविश्वास प्रस्ताव ल्याइएको हो । प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरका अनुसार अविश्वास प्रस्तावमा नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरिएको छ ।

विपक्षी गठवन्धनले यस अघि पनि प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता गर्दा केसीलाई नै मुख्यमन्त्री प्रस्ताव गरेको थियो । तर अघिल्लो पटक प्रस्ताव निर्णयार्थ पेश हुनुअघि मुख्यमन्त्री पोखरेलले संसद अघिवेशन अन्त्य गरी राजिनामा दिनुभएको थियो । प्रस्ताव छल्न राजीनामा दिए पनि तत्कालिन प्रदेश प्रमुखसँगको मिलेमतोमा उहाँले पुनः मुख्यमन्त्रीको सपथ लिनुभएको थियो ।

दोस्रो पटक अविश्वासको प्रस्ताव दर्ता गरेपछि विपक्षी दलले त्यसमा छलफलका लागि प्रदेशसभाको विशेष अधिवेशन बोलाउन पनि माग गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर विपक्षी दलले विशेष अधिवेशनका लागि निवेदन दिएका हुन् । लुम्विनी प्रदेशसभामा अहिले ८० सदस्य छन् ।

ति मध्ये मुख्यमन्त्री पोखरेलको पक्षमा उहाँको दल नेकपा एमालेका ३८ जना सांसद मात्रै छन् ।

यसअघि माओवादी केन्द्रमा प्रवेश गरेकी सांसद विमला खत्री वलीले आफु एमालेमै फर्किएको भन्दै हिजो विज्ञप्ति निकाल्नुभएको थियो । तर विपक्षी दलले भने वलीलाई अपहरण गरेर जवर्जस्ती विज्ञप्ति निकाल्न लगाइएको दाबी गरेका छन् ।

माओवादीले यदि उहाँ एमालेमा प्रवेश गरे कारवाही गरेर सांसद पदबाट हटाउने जनाएको छ । प्रदेशसभामा सांसद वली र सभामुखवाहेक विपक्षी गठबन्धनमा ४० सांसद छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (एस) पार्टीमा कार्यविभाजन गर्दा सुरुमा थोरै उपाध्यक्ष राख्ने प्रयास भएको थियो

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको सरगर्मी बढिरहेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेल गुटभित्र विद्रोह मच्चिएको छ । सभापति

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक जारी छ । दशौँ महाधिवेशन अघि बसेको बैठकमा अहिले दुई विषयले सबैको

काठमाडौं । पार्टी विभाजनको क्रममा माधवकुमार नेपाललाई छोडेर मुल पार्टीमै फर्केका एमालेका ‘तेस्रो धार’ एकपछि अर्को गर्दै अध्यक्ष केपी शर्मा