
काठमाडौं, ३० भदौ । अमेरिकी सरकारले मध्य तथा दक्षिण एसियाली मामलासम्बन्धी अमेरिकी विदेश सहायक मन्त्री रोवर्ट ओ ब्लेक र नेपालमा रहेका तिब्बती शरणार्थीबीचको भेटवार्ताका बारेमा परराष्ट्र मन्त्रालयलाई जानकारी नगराउनु त्रुटी भएको स्वीकार गरेको छ । परराष्ट्र मन्त्रालयले सो भेटका विषयमा अमेरिकी दूतावासंग जानकारी माग गरेपछि दूतावासकी उपप्रमुख प्याट्रिसिया महोनी हिजो शुक्रबार मन्त्रालयमा उपस्थित भएर हतारमा जानकारी गराउन छुटेको भन्दै त्रुटी स्वीकार गर्नुभएको बताइएको छ । उहांले कुटनीतिक आचारसंहिता पालनामा अमेरिका सचेत र प्रतिवद्ध रहेको पनि बताउनुभएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । खड्काले दल त्याग गरेको सूचना माओवादी
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षकालाई हटाएर स्थायी समिति गठन गरेका छन्
काठमाडौं । आन्तरिक किचलोका कारण बिभाजनको अन्तिम बिन्दुमा पुगेको बेला सत्तारुढ नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको