अज्ञातस्थलबाट लुम्बिनी प्रदेशकी सांसद विमलाको विज्ञप्ति

१८ श्रावण २०७८, सोमबार १७:२८ मा प्रकाशित

बुटवल । गत शुक्रबारबाट सम्पर्कविहीन भएकी लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री वलीको अदृष्य स्थानबाटै प्रेस विज्ञप्ति बाहिर आएको छ ।

वलीले गत वैशाखमा रोजेको दल नेकपा माओवादी केन्द्रले वलीको हस्ताक्षरसहित नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखलाई समावेदन बुझाएको कहीबेरमा वलीको प्रेस विज्ञप्ति सार्वजानिक भएको हो । वलीले आफु एमालेकै संसदीयदलको सदस्य रहको विज्ञप्तिमा जनाएकी छिन् ।

दाङ निर्वाचान क्षेत्र नम्बर ३ (क)बाट उपनिर्वाचनमा निर्वाचित वलीले गत वैशाखमा आफु राजी खुसी माओवादी केन्द्र रोजेको भन्दै पत्रकार सम्मेलन गरकी थिईन् । उनका श्रीमान उत्तरकुमार वलीले चुनाव जीतेको क्षेत्रमा उनको दुर्घटनाबाट मृत्यु भएपछि उप निर्वाचनमा विमलालाई उम्मेदवार बनाईएको थियो । नेकपा पार्टीको नाम र सुर्य चिन्हबाट चुनाव लडेकी विमलाले एमाले र माओवादी केन्दै अलग भएपछि पार्टी रोज्न पाउने प्रावधान अनुसार वैशाखमा माओवादी केन्द्र रोजेकी थिइन् ।

पत्रकार सम्मेलनमा आफुलाई राजनीतिक र पारिवारिकरुपमा माओवादीबाट सहयोग र संरक्षण प्राप्त भएका कारण आफुले माओवादी रोजेको बताएकी थिईन् । तर आज अपरान्ह सार्वजानिक भएको विज्ञप्तिमा सुर्य चिन्हबाट चुनाव जितेर माओवादी केन्द्र रोज्नु कानूनी रुपमा ठिक नभएको उल्लेख गरेकी छिन् । पार्टी विभाजन भएपछि पनि आफु एमाले संसदीयदलमा सहभागी भएको भन्दै आफु एमालेमै रहेको विज्ञप्तिमा लेखिएको छ ।

माओवादी केन्द्रले सांसद वली पार्टीको सम्पर्कमा नरहेको र एमालेबाट अपहरण भएको हुन सक्ने आरोप लगाइरहेका बेला अज्ञात स्थानबाट वलीको विज्ञप्ति सार्वजानिक भएसँगै विज्ञप्तिको आधिकारिकता माथि पनि आशंका उत्पन्न भएको छ । सांसद वलीलाई पटक पटक सम्पर्क गर्न खोज्दा उनको मोबाईलमा घण्टी गएपनि उठेन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (एस) पार्टीमा कार्यविभाजन गर्दा सुरुमा थोरै उपाध्यक्ष राख्ने प्रयास भएको थियो

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको सरगर्मी बढिरहेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेल गुटभित्र विद्रोह मच्चिएको छ । सभापति

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक जारी छ । दशौँ महाधिवेशन अघि बसेको बैठकमा अहिले दुई विषयले सबैको

काठमाडौं । पार्टी विभाजनको क्रममा माधवकुमार नेपाललाई छोडेर मुल पार्टीमै फर्केका एमालेका ‘तेस्रो धार’ एकपछि अर्को गर्दै अध्यक्ष केपी शर्मा