सुजिता हत्या प्रकरणः बाबुसहित थप तीनजा पक्राउ

१८ श्रावण २०७८, सोमबार १७:२६ मा प्रकाशित

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले सुजिताका बुबा पिपरा गाउँपालिका ६ का ५० वर्षीय कामेश्वर पाण्डे, भंगहा नगरपालिका १ कबिलाशाकी ३५ वर्षीया अञ्जु ठाकुर र जनकपुरधाम उपमहानगर २४ का ५५ वर्षीय प्रमोद मण्डल (विनोद)लाई पक्राउ गरेको हो ।

अनुसन्धानका क्रममा दोषी देखिएकाले विभिन्न मितिमा तीनैजनालाई पक्राउ गरी महोत्तरी प्रहरीले सोमबार सार्वजनिक गरेको हो ।

महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी प्रकाश विष्टले भने, ‘छोरीको हत्या भएको कुरा जेठ २५ मै जानकारी भए पश्चात प्रतिवादी रुपेशसँग घटना लुकाउन बार्गेनिङ गरेको कुरा पनि अनुसन्धानबाट खुलेको छ ।’

रुपेशले हत्या गरेलगत्तै अञ्जुलाई जानकारी गराएका थिए । तर, उनले पनि घटना लुकाउन भूमिका खेलेकोले पक्राउ गरिएको डीएसपी विष्टको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (एस) पार्टीमा कार्यविभाजन गर्दा सुरुमा थोरै उपाध्यक्ष राख्ने प्रयास भएको थियो

काठमाडौं । यो साता पहिलो कारोबार दिन संविधान दिवसका कारण सार्वजनिक विदा परेकाले चार ओटा कारोबार दिनमात्र शेयर कारोबार भएको

काठमाडौँ ।चितवनमा कोरोना सङ्क्रमणको ग्राफ ओरालो लाग्दै गएको भए पनि जोखिम भने कायमै रहेको छ । चितवनमा सक्रिय कोरोना संक्रमितको

कपिलवस्तु। कपिलवस्तुको बुद्धभुमी नगरपालिका-१ मा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नक्कली भर्पाइ बनाई फरक शीर्षकमा रकम खर्च भएको पाइएकाे छ । कार्यक्रमअन्तर्गत