६ महिनाको काम झण्डै ६ वर्षमा

३० भाद्र २०६९, शनिबार ०८:४३ मा प्रकाशित


काठमाडौं, ३० भदौ । २०६३ को मंसिर ५, विस्तृत शान्ति सम्झौता भएको दिन । यस हिसावले शान्तिप्रक्रियाका ५ वर्ष नौ महिना बित्यो, तर नेपाली सेनामा माओवादी लडाकू समायोजन गर्ने प्रक्रिया भने बल्ल लगभग टुंगिने अवस्थामा पुगेको छ ।
अन्तरिम संविधान २०६३ मा संविधानसभाले काम सुरु गरेको मितिले ६ महिनाभित्रमा लडाकू समायोजन प्रक्रिया टुंग्याउने उल्लेख भए पनि विस्तृत शान्ति सम्झौताका ५ वर्ष नौ महिनामा पांचवटा सरकार फेरिए । राजनीतिक शीर्ष तह र सेना समायोजन विषेश समितिबाट पनि विभिन्न निर्णयहरु भए । अनेक आरोह–अवरोह र प्रमुख दलहरुका अनेक दाउपेचका कारण संविधान निर्माण असफलता हात लागे पनि अन्ततः शान्तिप्रक्रियाको महत्वपूर्ण हिस्सा समायोजन प्रक्रिया भने टुंगिने अवस्थामा पुग्नुलाई सकारात्मक नै मान्नुपर्ने हुन्छ ।
पछिल्लोपटक २१ भदौबाट सुरु भएको लडाकूहरुको भर्ना छनोट प्रक्रिया अधिकृतबाहेक अन्य दर्जाको अन्तिम चरणमा पुगेको छ भने अधिकृत तहको प्रक्रियामा प्रारम्भिक तहको परीक्षा सकिएको छ । यसैले समायोजन रोजेका ३ हजार १ सय २३ मध्ये स्वेच्छिक अवकास रोज्ने र छनोट प्रक्रियामा असफल हुने लडाकूहरुलाई एकमुस्ट रकम प्रदान गर्ने प्रक्रिया पनि सातवटै शिविरमा गत बुधबारबाट समानान्तर रुपमा अगाडि बढिरहेको छ । अर्थमन्त्रालयले उनीहरुका लागि ८१ करोड ९५ लाख १७ हजार रुपैयां विनियोजन गरिसकेको छ । समायोजन रोजेका लडाकूहरुमध्ये अधिकृत तहमा ८४ जना र अन्य दर्जाका १ हजार ५ सय ६२ जना लडाकूहरु समायोजन प्रक्रियामा सहभागी भइसकेका छन् भने बांकीमध्ये ४ सय ९० जना लडाकूले शुक्रबारसम्ममा स्वेच्छिक अवकास पाइसकेका छन् ।
सेना समायोजन विशेष समितिले हिजो शुक्रबार सम्ममा स्वेच्छिक अवकासमा जान चाहने ४ सय ९० जनालाई एकमुस्ट रकम प्रदान गरिसकेको छ । असोज १ सम्ममा सबै शिविरमा चेक वितरण गरिसक्ने लक्ष्य विशेष समितिको रहेको बताइएको छ । अधिकृत स्तरमा जाने लडाकूको छनोट प्रक्रिया चितवमा जारी रहेको छ भने सहायक स्तरका लागि असोज १ गते लिखित परीक्षा हुने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार