काठमाडौंमा गुञ्जियो भारतीय विस्तारवाद मुर्दावादको नारा

१८ श्रावण २०७८, सोमबार १७:२४ मा प्रकाशित

काठमाडौं । दार्चुलाको महाकाली नदीमा व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएको घटनालाई लिएर युवा संघले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय अगाडि प्रदर्शन गरेको छ । सोमबार संगठनले भारतीय ज्यादती बढेको भन्दै त्यसको विरोधमा दूतावास अगाडि प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीले ‘जयसिंह धामीको मृत्यु होइन, हत्या हो’, ‘जयसिंह धामीको हत्यारा पहिचान गरी कारबाही गर’, ‘भारतीय विस्तारवाद मुर्दावाद’, नेपाली जनतामाथिको एसएसबीको ज्यादती बन्द गर’लगायतका प्लेकार्ड बोकेर विरोध गरेका छन् ।

संगठनले महाकारी नदीमा बेपत्ता भएको विषयमा तत्काल छानबिन गरी दोषीलाई हदैसम्मको कारबाहीको माग गरेको छ । गत शुक्रबार व्यास गाउँपालिका–२ मालघाटमा महाकारी नदी तर्ने क्रममा एसएसबीले तुइन काटिदिँदा धामी बेपत्ता भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (एस) पार्टीमा कार्यविभाजन गर्दा सुरुमा थोरै उपाध्यक्ष राख्ने प्रयास भएको थियो

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको सरगर्मी बढिरहेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेल गुटभित्र विद्रोह मच्चिएको छ । सभापति

काठमाडौं । पार्टी विभाजनको क्रममा माधवकुमार नेपाललाई छोडेर मुल पार्टीमै फर्केका एमालेका ‘तेस्रो धार’ एकपछि अर्को गर्दै अध्यक्ष केपी शर्मा

काठमाडौं । यो साता पहिलो कारोबार दिन संविधान दिवसका कारण सार्वजनिक विदा परेकाले चार ओटा कारोबार दिनमात्र शेयर कारोबार भएको