‘सिभिल सोल्जर’लाई उत्कृष्ट डकुमेन्ट्री पुरस्कार

१८ श्रावण २०७८, सोमबार ०८:५३ मा प्रकाशित

काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले चलत्रिका विभिन्न विधामा आठ पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले आज ‘चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) पुरस्कार वितरण’ कार्यक्रमको आयोजना गरी विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार वितरण गरेको हो । प्रतिष्ठानले यो वर्षको ‘उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म’ अवार्ड ‘डिक्सनरी’ भारतलाई प्रदान गरेको छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले उत्कृष्ट राष्ट्रिय फिचर फिल्मितर्फ दोन्डुप टेसरिङले निर्देशन गरेको ‘आमा कान्दो’ नामक चललित्रलाई प्रदान गरे ।

त्यसैगरी उत्कृष्ट निर्देशन पनि ‘आमा कान्दो’ का निर्देशक दोन्डुप टेसरिङलाई प्रदान गरिएको छ । उत्कृष्ट प्यानडामिक डकुमेन्ट्रीतर्फ गणेश पाण्डेद्वारा निर्देशित ‘सिभिल सोल्जर’ लाई प्रदान गरिएको छ ।

त्यसैगरी उत्कृष्ट सिनेमाटोग्राफ्रतर्फ सिरिष गुरुङ, उत्कृष्ट लेखक (पुरुष) मा नवीन शिल्पकार र महिलातर्फ करिता गिरिलाई प्रदान गरिएको छ । प्रतिष्ठानका अध्यक्ष केपी पाठकले पाँचौँ संस्ककरणको आवेदन खुल्ला गरिएको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। चर्चित गायिका ब्रिटनी स्पियर्सको बेडरुममा समेत निगरानी हुन्थ्यो र उनको जासुसी गर्नको लागि उनका आफ्नै पिताले एक सुरक्षा फर्मलाई

काठमाडौं । कमेडियन कपिल शर्मा गम्भीर संकटमा फसेका छन् । भारतीय कमेडी टेलिभिजन शो ‘द कपिल शर्मा शो’विरुद्ध उजुरी दायर

चर्चित गायिका इन्दिरा जोशीले बिबाहअघिको इन्गेजमेण्ट सुटुक्क गरे पनि उक्त समाचार र तस्बिर भाइरल भएको छ । सामाजिक सञ्जालमा धेरै

काठमाडौँ। विभिन्न कालखण्डमा बनेका कालजयी तथा राम्रा नेपाली चलचित्रहरूको प्रचार–प्रसार र प्रबर्द्धन तथा नेपाली चलचित्रहरुलाई अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउने उदेश्यले अमेरिकामा