सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज बस्दै

१८ श्रावण २०७८, सोमबार ०८:४५ मा प्रकाशित

काठमाडौं । मन्त्रिपरिषद् विस्तार र सरकारका न्युनतम साझा कार्यक्रम तय गर्न आज सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल हुँदैछ । नेकपा एमालेको नेपाल–खनाल समूह सरकारमा जाने नजाने निश्चित हुन नसक्दा शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको तीन साता पुग्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।

आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र प्रधानमन्त्री देउवासँग छुट्टाछुट्टै छलफलको तयारी गर्नुभएको छ ।

साथै सत्ता गठबन्धनमा सहभागी सबै दलका शीर्ष नेताबीच पनि छलफलको तयारी भएको छ । गठबन्धनमा रहेका दलका दोस्रो तहका नेताहरुको कार्यदलले तयार पारेको न्युनतम कार्यक्रमबारे पनि शीर्ष नेताबीच छलफल गर्ने तयारी छ ।

अग्रगमन, नागरिक अधिकार र संविधान रक्षाको नारा दिएको सत्ता गठबन्धनले नयाँ सरकार गठनको तीन सातासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसक्दा आलोचना शुरु भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (एस) पार्टीमा कार्यविभाजन गर्दा सुरुमा थोरै उपाध्यक्ष राख्ने प्रयास भएको थियो

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको सरगर्मी बढिरहेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेल गुटभित्र विद्रोह मच्चिएको छ । सभापति

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक जारी छ । दशौँ महाधिवेशन अघि बसेको बैठकमा अहिले दुई विषयले सबैको

काठमाडौं । पार्टी विभाजनको क्रममा माधवकुमार नेपाललाई छोडेर मुल पार्टीमै फर्केका एमालेका ‘तेस्रो धार’ एकपछि अर्को गर्दै अध्यक्ष केपी शर्मा