एमाओवादीमा अंकुरायो फुटको बिज

३० भाद्र २०६९, शनिबार ०८:४१ मा प्रकाशित

काठमाडौं, ३० भदौ । भरखरै फुटेको एमाओवादीभित्र फेरि पनि फुटको बिजारोपण भएको सतहमै देखिन थालेको छ । एमाओवादी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराई पक्षधर कार्यकर्ताबीच विवाद चर्किएर सो पार्टीका जनवर्गीय संगठनहरुको सम्मेलन अनिश्चित बन्न पुगेपछि विवाद र अनेकताको वास्तविकता छताछुल्ल हुन पुगेको हो । सम्मेलनको मिति तय भएपछि दुईपक्षबीचका कार्यकर्ताबीच विवाद बढेकोले पार्टीले सम्मेलन स्थगित गरेको स्पष्ट भए पनि प्राविधिक कारण दर्शाएर सम्मेलन अनिश्चित कालका लागि स्थगित गर्नुपरेको सो पार्टीका प्रवक्ता अगिन सापकोटाले जनाएका छन् । यसअघि होटल तथा रेष्टुरां मजदूर संगठनका दुईपक्षले छुट्टाछुट्टै सम्मेलन गर्ने घोषणा गरेका थिए । उनीहरुले त्यसका लागि अलग–अलग समिति नै बनाएपछि एमाओवादीले सम्मेलन स्थगित गर्नुपरेको हो । 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल