२४ घण्टामा थपिए २५६८ संक्रमित

१७ श्रावण २०७८, आईतवार २१:३४ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८४०२ पीसीआर परीक्षणमा १९८१ र ४२३४ एन्टिजेन परीक्षणमा ५८७ जना गरी २५६८ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा मात्रै ८ सय ५१ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौंका ५ सय ९४, ललितपुरका १ सय ६६ र भक्तपुरका ९१ जना रहेका छन् । त्यस्तै गएको २४ घण्टामा संक्रमणका कारण १८ जनाको मृत्यु भएको छ भने २०२० जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ३१ हजार २९८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ६७७ जनाको आईसीयू र १६९ जना भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (एस) पार्टीमा कार्यविभाजन गर्दा सुरुमा थोरै उपाध्यक्ष राख्ने प्रयास भएको थियो

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको सरगर्मी बढिरहेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेल गुटभित्र विद्रोह मच्चिएको छ । सभापति

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ९५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४

काठमाडौं । पार्टी विभाजनको क्रममा माधवकुमार नेपाललाई छोडेर मुल पार्टीमै फर्केका एमालेका ‘तेस्रो धार’ एकपछि अर्को गर्दै अध्यक्ष केपी शर्मा