धर्मगुरु बारेको फिल्म बिबाद चर्कंदै

२९ भाद्र २०६९, शुक्रबार २२:१६ मा प्रकाशित

काठमाडौं, २९ भदौ । मुस्लिम धर्मगुरुबारे बनेको अमेरिकी फिल्म अपमानजनक भएको भन्दै सुरु भएको विरोध धेरै देशमा फैलिएको छ। यसै क्रममा लेबनानमा केएफसी रेस्टुरेन्टमा भएको आक्रमणमा शुक्रबार एक जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।

बताइएअनुसार तीन हजार प्रदर्शनकारीहरुका साथ बेरुतमा करिब ४० जना बन्दूकधारी आएका थिए। उनीहरुले केएफसी रेस्टुरेन्टमा प्रवेश गरी त्यहाँका ग्राहकहरुलाई बाहिर निकालेर रेस्टुरेन्टमा आगो लगाएका थिए।

प्रहरीले गोली प्रहार गर्दा एक बन्दुकधारीको मृत्यु भएको बताइएको छ । घटनामा २५ जना घाइते भनिए पनि बन्दूकधारी घाइते भएका हुन् कि सर्वसाधारण वा प्रहरी भन्नेचाहिं खुलेको छैन। सुडानको राजधानी खार्तुममा रहेको जर्मन दूतावासमा पनि आगो लागेको देखिएको बताइएको छ ।

यसअघि आजै यमनको राजधानी सानामा रहेको अमेरिकी दूतावासमा प्रदर्शनकारीलाई हटाउन प्रहरीले गोली चलाउनु परेको थियो। ट्युनिसियामा पनि भीड हटाउन प्रहरीले अश्रुग्यास प्रयोग गर्नुपरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका

नयाँदिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बढिरहेको छ । पछिल्लो २४ घन्टामा मात्रै झण्डै ३ लाख नयाँ संक्रमित

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ