माधव नेपालका लागि पार्टीमा ठाउँ छैन : ओली

१६ श्रावण २०७८, शनिबार १६:५७ मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको बैठकमा शनिबार ओलीले उक्त कुरा बताएका हुन् ।

आफू नेतृत्वको सरकार ढलेर विकास र समृद्धिको सपनामा कुठाराघात भएको दाबी गर्दै ओलीले त्यसो गर्न भूमिका खेल्ने, फ्लोर क्रस गर्ने सांसदहरूलाई पार्टी भित्र ठाउँ नभएको ओलीले बताएका हुन् ।

बाटो बिराएका एमाले नेताहरू जो माधवकुमार नेपालको पक्षमा रहेका छन् उनीहरूलाई पार्टीमा ठाउँ भएको तर नेपाललाई भने कुनै ठाउँ नभएको बताए । पार्टीको सरकारविरुद्ध कुठाराघात भएको र अभियानमा गम्भीर रूपमा ब्रेक लागेको ओलीको भनाइ थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (एस) पार्टीमा कार्यविभाजन गर्दा सुरुमा थोरै उपाध्यक्ष राख्ने प्रयास भएको थियो

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको सरगर्मी बढिरहेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेल गुटभित्र विद्रोह मच्चिएको छ । सभापति

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक जारी छ । दशौँ महाधिवेशन अघि बसेको बैठकमा अहिले दुई विषयले सबैको

काठमाडौं । पार्टी विभाजनको क्रममा माधवकुमार नेपाललाई छोडेर मुल पार्टीमै फर्केका एमालेका ‘तेस्रो धार’ एकपछि अर्को गर्दै अध्यक्ष केपी शर्मा