टिका पुन र सुनिता बुढाको तिज कोशेली ‘रिमझिमे झरी’

१६ श्रावण २०७८, शनिबार १२:२७ मा प्रकाशित

काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकै गर्दा पछिल्लो समय बजारमा गीतहरु धमाधम आइरहेको छन् । यसैक्रममा नेपाली मौलीकता बोकेको तिज गीत ‘रिमझिमे झरी’ काे म्युजिक भिडियो पनि बजारमा आएको छ । बजारमा माैलीकता हराउँदै गएको बेला मौलिकता बोकेको उक्त गीत सार्वजनिक भएको छ ।

पछिल्लो समयकी एकदमै लोकप्रिय गायिका सुनिता बुढा क्षेत्री र टिका पुनको कर्णप्रिय आवाजमा सजिएको ‘रिमझिमे झरी’ बोलको म्युजिक भिडियो सार्वजनीक भएको हो । उक्त म्युजिक भिडियो आज बिहान मात्रै रेशम वली नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

सो गीतमा सर्जक रेशम वलीले कोरेको शब्दमा रेशम र कबिराज गिरीले संगीत भरेका छन् भने, झलक संगीतमले एरेञ्ज गरेका हुन् । उक्त गीतको म्युजिक भिडियोमा लक्ष्मी गिरी, ममता खड्लुक र कवीराज गिरीलाई देख्न सकिन्छ ।

निर्देशक चन्द्र मन्दिरको निर्देशनमा तयार भएको सो गीतको छायाँकन अर्जुन सापकोटाले गरेका हुन् भने, अंकित खाण ठकुरीले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। चर्चित गायिका ब्रिटनी स्पियर्सको बेडरुममा समेत निगरानी हुन्थ्यो र उनको जासुसी गर्नको लागि उनका आफ्नै पिताले एक सुरक्षा फर्मलाई

काठमाडौं । कमेडियन कपिल शर्मा गम्भीर संकटमा फसेका छन् । भारतीय कमेडी टेलिभिजन शो ‘द कपिल शर्मा शो’विरुद्ध उजुरी दायर

चर्चित गायिका इन्दिरा जोशीले बिबाहअघिको इन्गेजमेण्ट सुटुक्क गरे पनि उक्त समाचार र तस्बिर भाइरल भएको छ । सामाजिक सञ्जालमा धेरै

काठमाडौँ। विभिन्न कालखण्डमा बनेका कालजयी तथा राम्रा नेपाली चलचित्रहरूको प्रचार–प्रसार र प्रबर्द्धन तथा नेपाली चलचित्रहरुलाई अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउने उदेश्यले अमेरिकामा