सहमतिको बाटो खुला गरिदिन प्रधानमन्त्रीलाई खनालको आग्रह

२९ भाद्र २०६९, शुक्रबार २२:०४ मा प्रकाशित

काठमाडौं, २९ भदौ । राजनीतिक सहमतिका लागि प्रधानमन्त्री बाबुराम भट्टराईले राजिनामा दिनुपर्ने एमाले अध्यक्ष झलनाथ खनालले फेरि दोहोरयाएका छन् । शुक्रबार एमाले चितवनको आठौं अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष खनालले आम सहमतिका लागि बाटो खुलाउन प्रधानमन्त्रीलाई आग्रह गर्दै एकीकृत माओवादीले सत्ता लिप्सा नत्यागेसम्म सहमति जुट्न नसक्ने दाबी गरे ।एमाओवादी र त्यसका अध्यक्ष पुष्पकमल दाहालमाथि बेस्सरी खनिएका खनालले संविधानसभा भंग गरेको दोष सबै सरकारमा भएका दललाई लगाए ।
मधेशी दलहरूसँग मिलेर सत्ता कब्जा गर्ने एमाओवादीको लक्ष्य हो भन्दै खनालले प्रधानमन्त्रीले आदर्शका कुरा गरेर सत्तामा टिकिरहने रणनीति गरेको आरोप लगाए । आन्दोलनबाट असंवैधानिक सरकारलाई फाल्ने अवस्था आउनुअघि नै बाटो खुला गरिदिन आग्रह गर्दै उनले प्रधानमन्त्रीसँग अलिकतिमात्र पनि नैतिकता छ भने पदबाट राजिनामा दिनुपर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका