माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने प्रस्तावमा महासचिव पोखरेल असहमत

१५ श्रावण २०७८, शुक्रबार १६:५४ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी कार्यालय, थापाथलीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले महासचिव पोखरेलले दशबुँदे सहमति कार्यान्वयन गर्ने निर्णय भइसक्दा पनि तदारुकता नदेखिएको भन्दै उनले भने, ‘अड्किएको कहाँ हो मैले पनि बुझेको छैन ।’

पार्टीमा एकताका लागि खोजिने कुनै पनि विकल्प विधानसम्मत हुनुपर्ने उनको भनाई छ । ‘सम्भवत आज बेलुकासम्म केही कुरा होलान् । त्यसपछि धेरै प्रतीक्षा गर्नु उचित हुँदैन भन्ने नै छ’, उनले भने । दोस्रो अध्यक्षको प्रस्ताव र समान हैसियत हुनुपर्ने नेपाल पक्षको अडानबारे सोधिएको प्रश्नमा महासचिव पोखरेलले पार्टीको विधान अनुसार हुनुपर्ने बताएका छन् ।

‘पार्टीभित्र समझदारी बनाउन के गर्नुपर्ने हो, त्यसमा अधिकतम लचकता अपनाउने हो, तर त्यो अधिकतम लचकता विधिसम्मत ढंगबाट हुनुपर्छ । एमालेको विधान, नियमावली, संस्थागत निर्णय अनुकूल हुनुपर्छ’ उनले भनेका छन् ।

दैनिक जसो अनेक प्रस्ताव आउने गरेको भन्दै उनले कुन प्रस्ताव के हो भन्ने ठेगान गर्नै कठिन रहेको बताए । ‘पार्टीभित्र विग्रहकारी स्थिति अन्त्य हुनुपर्छ, त्यसका लागि सम्बन्धित सबै पक्षले कहाँ कहाँ आफूले भूमिका खेल्ने हो, जिम्मेवारीपूर्वक खेल्नुपर्छ, तर कुनै पनि कुरा पार्टीको पद्धतिभन्दा फरक ढंगले हुन सक्दैन’, पोखरेलले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (एस) पार्टीमा कार्यविभाजन गर्दा सुरुमा थोरै उपाध्यक्ष राख्ने प्रयास भएको थियो

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको सरगर्मी बढिरहेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेल गुटभित्र विद्रोह मच्चिएको छ । सभापति

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक जारी छ । दशौँ महाधिवेशन अघि बसेको बैठकमा अहिले दुई विषयले सबैको

काठमाडौं । पार्टी विभाजनको क्रममा माधवकुमार नेपाललाई छोडेर मुल पार्टीमै फर्केका एमालेका ‘तेस्रो धार’ एकपछि अर्को गर्दै अध्यक्ष केपी शर्मा