भारतमा पहिरोमा पुरिएर चार नेपालीको मृत्यु

२९ भाद्र २०६९, शुक्रबार २१:५१ मा प्रकाशित

 काठमाडौं, २९ भदौ । भारत उत्तराञ्चल प्रदेशको रुद्रप्रयागको गल्दामस्थित रासन गोदाममा कार्यरत चार नेपाली मजदूरको पहिरोमा पुरिएर  मृत्यु भएको छ । तोली जैसी र तिलेपाटा गाविसका ४ जनाको मृत्यु भएको हो ।

त्यहाँ कार्यरत दुर्गा भण्डारीलाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार मृतकहरुमा दैलेख तिलेपाटा गाविस-४ का मनबहादुर शाही, जयरुप शाही, तोलीजैसी गाविस-६ का शमशेर शाही र बमबहादुर शाही रहेका छन् । शम्शेर र बमबहादुर सहोदर दाजुभाइ हुन् । तिलेपाटा-४ का जनकबहादुर शाहीलाई घाइते अवस्थामै उद्धार गरिएको छ । बिहीबार राति १२ बजेतिर सुतिरहेको अवस्थामा पहिरो खसेपछि गोदाम घर भत्किएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । यस वर्ष मनसुन औसत समयभन्दा केही दिन ढिला गरी बाहिरिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १५८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार

काठमाडौँ । परराष्ट्र मन्त्री डा. नारायण खड्काले राष्ट्रपतिबाट लिएको सपथ बदर गर्न माग गर्दे सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

काठमाडौँ । कोरोना संक्रमित भएका नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्का अस्पताल भर्ना भएका छन् । महामन्त्री खड्का मंगलबार सशस्त्र प्रहरी