मिया खालिफा पतिसँग अलग

१५ श्रावण २०७८, शुक्रबार ०९:४१ मा प्रकाशित

अभिनेत्री मिया खालिफाले श्रीमानसँग सम्बन्धविच्छेद गरेकी छन् । हालै उनले आफुले सम्बन्धविच्छेद गरेको घोषण गरेकी हुन् ।

खलिफाले श्रीमानसँग अलग भएको जानकारी सामाजिक सञ्जालमार्फतै दिएकी छिन् । पूर्व एडल्ट स्टार खलिफाले दुई वर्ष पहिले रोबर्ट सेन्डबर्गसँग विवाह गरेकी थिइन् । उनले आफ्नो विवाहको जानकारी सामाजिक सञ्जालमार्फत दिएकी थिइन् ।

दुई वर्षमा उनीहरूको सम्बन्धमा उतारचढाव आइरहे । अहिले भने दुवैले अलग हुने निर्णय गरेको उनको भनाई छ । मियाले लेखेकी छिन्, ‘पूरै यकिनसाथ यो भन्न सक्छु कि हामीले वैवाहिक सम्बन्धलाई बचाउन निकै कोसिस ग-यौँ । करिब एक वर्षको थेरापी र कोसिसपछि थाहा भयो कि हाम्रो एक–अर्काप्रतिको भावना सकिएको छ ।’

उनले अगाडि लेखेकी छिन्, ‘हामी सधैँ एक–अर्कालाई प्रेम र सम्मान दिइरहनेछौँ । किनभने हाम्रा ब्रेकअप कुनै घटनाको कारणले भएको होइन, तर विवाद भने निकै भएको थियो । साथै हामीले एक–अर्कालाई आरोप पनि लगाउने छैनौँ ।’

खालिफाले सन् २०१४ मा पोर्न उद्योगमा पाइला राखेकी थिइन् । यसपछि उनी परिवारबाटै टाढा भएकी थिइन् । सन् २०१६ मा उनले पोर्न उद्योग छाडेकी थिइन् । उनले सन् २०१९ मा रोबर्टसँग विवाह गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। चर्चित गायिका ब्रिटनी स्पियर्सको बेडरुममा समेत निगरानी हुन्थ्यो र उनको जासुसी गर्नको लागि उनका आफ्नै पिताले एक सुरक्षा फर्मलाई

काठमाडौं । कमेडियन कपिल शर्मा गम्भीर संकटमा फसेका छन् । भारतीय कमेडी टेलिभिजन शो ‘द कपिल शर्मा शो’विरुद्ध उजुरी दायर

चर्चित गायिका इन्दिरा जोशीले बिबाहअघिको इन्गेजमेण्ट सुटुक्क गरे पनि उक्त समाचार र तस्बिर भाइरल भएको छ । सामाजिक सञ्जालमा धेरै

काठमाडौँ। विभिन्न कालखण्डमा बनेका कालजयी तथा राम्रा नेपाली चलचित्रहरूको प्रचार–प्रसार र प्रबर्द्धन तथा नेपाली चलचित्रहरुलाई अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउने उदेश्यले अमेरिकामा