‘खामोशी विथ लाइफ’ को अन्तर्राष्ट्रिय विजेता बनिन् नेपालकी हेवन उपाध्याय

१५ श्रावण २०७८, शुक्रबार ०९:३५ मा प्रकाशित

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन गर्न आयोजित अन्तर्राष्ट्रिय कार्यक्रममा बझाङ जिल्ला तलकोट गाउँपालिका–४ की हेवन उपाध्याय अन्तर्राष्ट्रिय विजेताको उपाधि हात पारेकी हुन् ।

भारतको जम्सेदपुरमा डेफ क्याफेद्धारा आयोजित खामोसी उईथ लाइफ (मौनता सहितको जीवन) कार्यक्रममा ४ देशका ७५ सहभागीलाई उछिन्दै नेपालकी उपाध्याय अन्तर्राष्ट्रिय विजेता बनेकी हुन् । प्रतियोगितामा भारत, बङ्गलादेश, नेपाल र नाइजेरियाबाट गरी ७७ प्रतियोगी सहभागी बनेका थिए ।

कोरोना महामारीका बेला बहिरा व्यक्तिहरूले समुदाय र पर्यावरणका लागि गरेको रचनात्मक योगदानका बारेमा प्रतियोगिता आयोजना गरिएको थियो । जसमा सहभागीहरूले आफूले गरेको कामको दुई मिनेटको भिडियो बनाएर पठाउनु पर्ने थियो । उपाध्यायले शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई खानेकुरा र मास्क सहयोग गरेको भिडियो बनाएर पठाएकी थिइन् ।

जन्मजातै बोल्न र सुन्न नसक्ने हेवन नक्सालस्थित साङ्केतिक भाषाको बहिरा उच्च माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छिन् । बुवा रमेश प्रकाश उपाध्याय र आमा शान्तिकी जेठी छोरी हेवन पढाइसँगै अन्य प्रतिभामामा अब्बल छिन् ।

हेवनले अन्तर्राष्ट्रिय विजेतासहित नगद रु १० हजार रुपैयाँ जितेकी छिन् । राष्ट्रिय विजेताको उपाधि बैंगलोरकी श्वेता गोस्वामीले हात पारेकी छिन् । उनले १० हजार रुपैयाँ पुरस्कार राशि जितेकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (एस) पार्टीमा कार्यविभाजन गर्दा सुरुमा थोरै उपाध्यक्ष राख्ने प्रयास भएको थियो

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको सरगर्मी बढिरहेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेल गुटभित्र विद्रोह मच्चिएको छ । सभापति

काठमाडौं । पार्टी विभाजनको क्रममा माधवकुमार नेपाललाई छोडेर मुल पार्टीमै फर्केका एमालेका ‘तेस्रो धार’ एकपछि अर्को गर्दै अध्यक्ष केपी शर्मा

काठमाडौं । यो साता पहिलो कारोबार दिन संविधान दिवसका कारण सार्वजनिक विदा परेकाले चार ओटा कारोबार दिनमात्र शेयर कारोबार भएको