सरस्वती चौधरी छनौट चरणबाटै बाहिरिइन

१५ श्रावण २०७८, शुक्रबार ०९:२० मा प्रकाशित

टोकियो । टोकियो ओलम्पिक–२०२० अन्तरगत आज नेपालकी एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीको पराजयसँगै ओलम्पिक यात्रा पनि सकिएको छ । एथलेटिक्सको आज विहान भएको १०० मिटरको महिला दौड प्रतिष्पर्धामा नेपालकी सरस्वती चौधरीले यसअघि साफमा आँफैले बनाएको किर्तिमान समेत कायम राख्न सकिनन् ।

छनौट चरणको ९ जना सम्मिलित प्रतिष्पर्धामा सरस्वती आठौं भएकी थिइन । साफको महिला १०० मिटर दौडमा उनको रेकर्ड १२ः५५ सेकेण्ड रहेकोमा आज १२: ९१ सेकेण्ड सो दुरी पार गरेकी थिइन् ।

छनौट चरणमा उनले तेश्रो स्थानसम्म कायम गर्न सकेको भए प्रतिष्पर्धाको सेकेण्ड हिटमा मौका पाउने थिइन ।

युनिभर्सियालियाटी कोटा अन्तर्गत ओलम्पिकमा सहभागी सरस्वतीको आजको प्रतिष्पर्धा अन्तिम हो । ३२ औं गृष्मकालिन ओलम्पिकमा नेपालका ५ जना खेलाडीले स्विमिङ , जुडो, सुटिङ र एथ्लेटिक्स गरी ४ खेलमा सहभागीता जनाएका छन् ।

स्विमिङ पुरुषतर्फ एलेक्स शाह वाहेक अन्य खेलाडीले खासै प्रगित हासिल गर्न सकेनन् । स्विमिङमा एलेक्सले विगतको आफ्नै किर्तिमान तोडेका थिए ।

तीन खेलाडीले युनिभर्सियालियाटी कोटा अन्तरगत र दुर्इ खेलाडीले वाइल्ड कार्डमार्फत सहभागीता जनाउने अवसर पाएका हुन् ।

 

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा काठमाडौं किङ्स इलेभेनले विजयी यात्राको सुरुवात गरेको छ ।

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा काठमाडौं किङ्स इलेभेनका अफगानिस्तानका रहमानउल्लाह गुर्बजले अर्धशतक प्रहार गरेका

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल)टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा काठमाडौं किङ्स इलेभेनलाई ललितपुर प्याट्रीएट्सले मध्यम लक्ष्य प्रस्तुत गरेको छ

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल)टी-ट्वान्टी क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ । इपीएलको उद्घाटनमा साविक विजेता ललितपुर प्याट्रीएट्स